सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको चुनावी सभामा गोली चल्यो 

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको चुनावी सभामा गोली चल्यो 

 |  आइतबार, असार ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार ३०, २०८१

अमेरिकी राष्ट्रपति पदका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी एक चुनावी सभामा गोली चलेको छ। शनिबार पेन्सीलभानियाको बटलरमा भएको र्‍यालीमा गोली चलेको हो।

National life

पूर्व राष्ट्रपति ट्रम्प मञ्चमा बोल्दै गर्दा ठुलो आवाज सुनिएको र लगातार गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन्। ट्रम्पलाई अमेरिकाको सेक्रेट सर्भिसले तत्कालै गाडीमा हालेर सुरक्षित स्थानतर्फ लगेको बताइएको छ।

रिपब्लिकन उम्मेदवार ट्रम्पले सम्बोधन गरिरहँदा चलेको गोली चलेको भिडिओहरू सार्वजनिक भएका छन्।

उनको कान र अनुहारमा रगत देखिएको बताइए पनि रिपब्लिकन पार्टीको चुनावी अभियानले उनी सुरक्षित भएको जनाएको छ। घटनास्थलमा एकजनाको शव भेटिएको जनाइएको छ। सो शव सम्भावित आक्रमणकारीको हुन सक्ने अनुमान गरिएको छ।

प्रकाशित: Jul 14, 2024| 08:06 आइतबार, असार ३०, २०८१
प्रतिक्रिया दिनुहोस्