सुर्खेत–दाङ बस दुर्घटनामा मृत्यु भएका २३ जना मध्ये ११ जुम्ला जिल्लाका छन् । मृतक ११ जना मध्ये ६ जनाको शवलाई २४ घण्टापछि जुम्ला लगिएको छ । शनिबार अपराहन्न नेपाली सेनाको हेलिकप्टर मार्फत जुम्लाको ६ वटा र डोल्पाको एक जनाको शव जुम्ला लगिएको हो ।
मृत्यु हुनेमा जुम्ला चन्दनाथा १० का १८ बर्षीय रुपेश शाही, जुम्ला चन्दननाथ १४ का १७ बर्षीय रितेन्द्र शाही, जुम्ला चन्दननाथ ५ का देवीप्रसाद उपाध्याय, जुम्ला तिला गाउँपालिका १ का जंगबहादुर बिक, जुम्ला चन्दननाथ नगरपालिका ६ घर भएका १६ बर्षीया कुशुम रावल, जुम्ला चन्दननाथ नगरपालिका ३ घरभएका १७ बर्षीय हिम्मत बोहरा, जुम्ला कन्का सुन्दरी गाउँपालिका ५ घर भएका २० बर्षीय विरेन्द्र कडारा, जुम्ला हिमा गाउँपालिका ५ घर भएका १७ बर्षीया शैलजा शाही, जुम्ला चन्दनाथ ३ का १८ बर्षका अर्जुन शाही, जुम्ला चन्दननाथ १० का बिपना खत्री र जुम्ला तिला गाउँपालिका ३ का रमेश उपाध्याय छन् । जुम्लाका अन्य मृतकको लाश भने नेपालगञ्ज र कोहलपुरबाट आफन्तले बुझिसकेका छन् ।
त्यस्तै घाइते भएका १४ जना मध्ये ४ जना जुम्लाकै हुन्। जुम्ला तातोपानि गा.पा.४ बस्ने बर्ष १८ कि हिमाली हमाल, चन्दनाथ न.पा. ३ बस्ने बर्ष १६ को कुशेन्द्र खत्री, जिल्ला जुम्ला चन्दनाथ न.पा. २ बस्ने बर्ष १७ को जिबन भण्डारी र चन्दनाथ–४ बस्ने बर्ष १६ की बर्सा रोकाया रहेका छन् । घाइते चार जना मध्ये रोकायाबाहेक अन्य सबैको अवस्था चिन्ताजनक रहेको आफन्तहरुले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुमपूर्बका १/१ जना छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार माथि उल्लेख गरिएका जुम्लाका ११, रुकुम पूर्व भुमे गाउँपालिका ६ का २८ बर्षीय नरेश वली (शिक्षक), डोल्पा जग्दुला ७ निवासी १६ बर्षीय गजेन्द्र ऐरी, जाजरकोट भेरीगंगा नगरपालिका ४ घरभएका १७ बर्षीय आतिस नेपाली, कञ्चनपुर कृष्णपुर नगरपालिका ५ घर भएका १७ बर्षीय खेमराज भट्ट, बझाङ जयपृथ्वी नगरपालिकाका १७ बर्षीय महेश जोशी, बाजुरा बुढिगंगा १० का लोकेन्द्र रावल छन् ।
त्यस्तै दाङका बस चालक घोराही उपमहानगरपालिका वडा नम्बर ३ का २६ बर्षीय मदन खत्री क्षेत्री, विद्यालयका शिक्षकहरु घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २८ बर्षीय प्रदिप घिमिरे, सहचालक तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का २२ बर्षीय गणेश बिक, विद्यार्थीहरु घोराही उपमहानगरपालिका १४ घोराहीका १९ बर्षीय विजय घर्ती, बबई गाउँपालिका ५ का २१ बर्षीय कबिता खत्री, दंगीशरण गाउँपालिका १ घर भएका २० बर्षीय सञ्जीत रत्गैयाँ छन् । घाइते र मृतक सबै घोराही १७ स्थित कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी हुन् । बस तुलसीपुर उप–महानगरपालिका–३ राम्री भन्ने ठाउँमा दुर्घटना भएको थियो ।