राजधानीबाट आइतबार प्रकाशित समाचारले नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा नेतृत्वप्रति अधिकांश नेताहरु उत्रिएको, विवादित नियुक्ति बदर गर्न माग गर्दै ४४ केन्द्रीय सदस्यले ज्ञापनपत्र बुझाएको, नेपालको परराष्ट्र नीतिका सवालमा चीन सशंकित र भारत तटस्थरहेको, नेपालका श्रमबजार मलेसियामा मुद्दा, खाडीमा मौनको स्थितिमा रहेको लगायतका खबर प्राथमिकतामा छन् ।
अन्नपूर्ण पोस्टले ‘दलितले पाउँदैनन जन्ती र मलामी’ शीर्षकको समाचारलाई प्राथमिकतामा राखेको छ । कर्णालीमा धारा, चुलो छोको, अन्तरजातीय विवाह गरेको निहुँमा दलितमाथि हिंसाका घटना बढ्न थालेका छन् । त्यहाँका दलित समूदायका मानिसहरु ढुंगधाराको भरमा बस्नुपर्ने बाध्यता छ । चुलो छोएकै निहुँमा कालिकोटमा मनवीर सुनारको हत्या भयो । यो ६८ सालको घटना हो । गत जेठमा पनि नरहरिनाथ गाउँपालिकामा मना सार्कीको हत्या भयो । सार्वजनिक धाराको पानी छोएको कारण देखाई उनको हत्या भएको हो ।
त्यस्तै ‘मलेसियामा मुद्दा, खाडीमा मौन’ शीर्षकको समाचार पनि अन्नपूर्णको प्राथमिकतामा छ । यो क्षेत्रमा पनि बायोमेट्रिकभन्दा ठूलो सिन्डिकेट गाम्का निर्वाधरुपमा चलिरहेको छ । अनि फिल्ममा बर्सेनि आधा अर्ब डुब्ने गरेको पाइएको छ ।
नयाँ पत्रिका दैनिकले नेपाली परराष्ट्रमन्त्रीको अमेरिका भ्रमणमा उत्तर कोरिायको प्रसंग उठेको छ । अमेरिकी क्षेत्रीय सामरिक रणनीतिमा नेपाल पनि रहेको छ । नेपालको परराष्ट्र नीतका कारण छिमेकी राष्ट्र चीन सशंकित भएको र भारत तटस्थ रहेको खबर प्राथमिकतामा छ । निर्मला हत्या प्रकरणमा डिएनए नमिलेपछि विशाल चौधरी छुटेका छन् । उनले प्रहरीको यातनाका कारण डरले अपराध स्वीकार गरेको बताएका छन् ।
कास्कीमा एउटै पुल एक महिनामा दुई पटक शिलान्यास भएको छ । पहिले शिलान्यास भएर निर्माण भइरहेको पुल खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले शनिबार पुगेर फेरि शिलान्यास गरेका छन् । सात हजारभन्दा बढी जनसंख्या भएको वडामा प्रसुतीसहितको स्वास्थ्य सेवा पुर्याउने गरी सरकारले काम गरिरहेको छ ।
सरकारले ल्याएको जनता आवास कार्यक्रमलाई पत्याउने हुदा सिरहाका स्थानीयको बिचल्ली भएको छ । त्यहाँका नौ सय परिवारको विचल्ली भएको हो । घर भत्काएपछि उनीहरु कटेरामा बस्दै आएका छन् । शीतलहरका कारण उनीहरु कष्टकर जीवन विताउन बाध्य छन् । त्यसैले सरकारको यो जनता आवास कार्यक्रम गरिबलाई उठिबासमा केन्द्रित भएको छ ।
नागरिक दैनिकले नेकपाको विधानबाट साम्यवाद गायब शीर्षकको समाचारलाई मुख्य बनाएको छ । विधानबाट साम्यवाद हराएको विषयले स्थायी कमिटी बैठकमा प्रवेश पाएको छ । बरिष्ट नेता माधवकुमार नेपालले पार्टी विधानबाट साम्यवाद गायब पारिएको भन्दै शनिबारको बैठकमा आपत्ति जनाएका थिए । त्यस्तै कांग्रेसमा स्वतः प्रतिनिधि हुने व्यवस्था हटाउन माग गरिएको छ । फेवातालको आँगनमा साहित्यको छायालगायतका खबर नागरिकमा छन् ।
कान्तिपुर दैनिकले नेकपाभित्रको विवादको समाचार मुख्य बनाएको छ । नेकपा स्थायी कमिटी बैठकमा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पनि अध्यक्षद्वयप्रति झनै असन्तुष्ट भएको देखिएको छ । दुई पूर्व प्रधानमन्त्रीले नेतृत्वको खुलेरै आलोचना गरेका थिए ।
प्रदेश सांसदले पनि घरभाडा बापतको रकम लिन थालेका छन् । सचिवालयका अनुसार सबै सांसदले घरभाडा बापतको रकम बुझेका छन् । उनीहरु कसैले पनि घर छ रकम लिन्न भनेका छैनन् ।
त्यस्तै रातको समयमा तापक्रम माइनस १४ डिग्रीसम्म पुगेपछि मनाङको मनाङङिस्याङ गाउँपालिकाको ठाडो खोला शनिबार जमेर बरफ नै भएको थियो । अहिले मनाङमा खानेपानीको समस्या हुन थालेको तस्बिर मुख्य पृष्ठमा छापिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४