सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जिल्ला सभापतिहरुको सुझाव : सबै नेतृत्व बुथबाटै निर्वाचित हुनुपर्ने

जिल्ला सभापतिहरुको सुझाव : सबै नेतृत्व बुथबाटै निर्वाचित हुनुपर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं – नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले सबै तहको नेतृत्व बुथबाटै निर्वाचित हुनुपर्ने सुझाव दिएका छन्। महासमितिको जारी बैठकमा शनिबार विधान पेस भएपछिको छलफलमा सहभागी सभापतिहरुले यस्तो सुझाव दिएका हुन्। शनिबारको महासमिति बैठकमा बोल्दै २० जिल्लाका सभापतिहरुले उक्त सुझाव दिएका हुन्। 

जिल्ला सभापतिहरुले केन्द्रीय पदाधिकारी वा सदस्यहरु लगायत सबै तहमा रहने नेतृत्व बुथबाटै निर्वाचित हुँदै आउनु पर्ने र समावेशीबाट प्रतिनिधित्व गर्नेहरुलाई एक पटक भन्दा बढी प्रतिनिधित्व गर्न नपाउने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्। 

संघीय, प्रदेश र जिल्ला गरी तीन तहमा संसदीय बोर्ड बनाउनु पर्ने सुझाव दिएका छन्। उनीहरुले जिल्ला तहमा हुने संसदीय समितिलाई वडा सदस्य, अध्यक्ष, गाउँ, नगरका अध्यक्ष, उपाध्यक्ष प्रमुख र उपप्रमुख र जिल्ला समन्वय समिति वा जिल्ला मातहतका अन्य नियकायका उमेद्वारहरुको छनोट गर्ने अधिकार जिल्ला संसदीय समितिलाई दिनुपर्ने लगायतका माग पुरा नभएको भन्दै आफूको माग समेट्न सुझाव दिएका थिए।

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको असार पहिलो साता हेटौडामा भएको भेलाले विधानमा संशोधन गर्नुपर्ने भन्ने सुझाव दिएको थियो। आफूहरुले दिएको सुझाव विधानमा परे नपरेको थाहा नपाउन्जेल नबोल्ने अडान लिएका कारण बिहिबारसम्म चलेको महासमित बैठकमा जिल्ला सभापतिहरु बोल्न मानेका थिएनन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलका अनुसार केही जिल्ला सभापतिहरुले आइतबारको बैठकमा आफ्नो धारणा राख्ने छन्। भोली पनि महासमिति बैठक विहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने छ। आइतबार महासमिति बैठक समापन हुने उनले बतए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।