सोमबार, मंसिर १, २०८२

‘लभ स्टेसन’ चैत १ मा रिलिज हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं – फागुनको तेस्रो साता रिलिज हुने भनिएको फिल्म ‘लभ स्टेसन’ चैत १ मा रिलिज हुने भएको छ। नायक प्रदीप खड्का र नायिका जसिता गुरुङद्वारा अभिनित फिल्म ‘लभ स्टेसन’ले चैत १को रिलिज मिति तय गरेको हो।

फिल्मका वितरक गोविन्द शाहीले आफूले वितरण गरेका फिल्म ‘क्याप्टेन’ फागुन १७ मा, ‘साईली’ चैत १५ मा र ‘ए मेरो हजुर ३’ चैत २९ मा रिलिज हुने भएपछि फिल्म लभ स्टेसन’को रिलिज मिति सरेको जनाकारी दिएका छन्। उनले फिल्मको वितरणलाई व्यवस्थित बनाउन फिल्मको मिति सारिएको जानकारी दिए। 

फिल्मको कथा बस्तु प्रेममा आधारित छ। उज्ज्वल घिमिरे निर्देशित फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानालगायतको अभिनय देख्न सकिने छ।

काफिया फिल्मस्को व्यानरमा बनेको फिल्मको काफिया शाही ‘क्रिसु’ र कविरविक्रम शाहीले निर्माण गरेको हुन्। फिल्ममा आलोक शुक्लाको छायांकन छ भने शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्