पर्सा- पर्साको ठोरी गाउँपालिकामा आज बिहान हात्तीको आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको छ ।
ठोरी गाउँपालिका–२ मा पर्ने फार लेन नजिकै हात्तीले आक्रमण गर्दा परिचय नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
ठोरी गाउँपालिकामा मागी हिँड्ने मानसिक सन्तुलन ठीक नभएका व्यक्तिको राष्ट्रिय वनजन्तु आरक्षभित्र हात्ती आक्रमणमा परी मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । उनले हात्तीले आउन जान प्रयोग गर्ने बाटो फार लेनमै बसेकाले हात्तीले आक्रमण गरेको हुनसक्ने उनले बताए ।
मृतकको परिचय हालसम्म खुल्न नसकेकोे उपरीक्षक ढकालले जानकारी दिए । मृतकको शव परीक्षणका लागि वीरगञ्ज लगिएको प्रहरीले बताएका छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४