सोमबार, असार २४, २०८१

विज्ञान संकायलाई विद्यार्थीको रोजाइमा ग्लोबल कलेज

 |  शुक्रबार, असार २१, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २१, २०८१

धेरै बालबालिकालाई भविष्यमा के बन्ने भनेर सोध्दा सबैजसोको उत्तर हुन्छ– डाक्टर, इन्जिनियर, पाइलट। तर, कुन विषय पढ्दा आफ्नो लक्ष्य भेट्टाउन सकिन्छ भन्ने अन्योलता भने विद्यार्थी र अभिभावकमा हुन्छ। करिअर काउन्सिलिङ नपाउँदा अधिकांश विद्यार्थीलाई विषय छनोटमै समस्या हुने गर्छ।

triton college

अब के पढ्ने ? पढेपछि के बन्ने ? के कस्ता अवसर हुन्छन् ? विषय छनोट कसरी गर्ने ? अहिले आएर भने विश्व बजारमा प्रतिस्पर्धात्मक जनशक्ति कसरी बनाउने भन्ने विषयमा विद्यार्थी र शैक्षिक संस्था दुवै जागरुक भएको पाइन्छ।

एसइई उत्तीर्ण भएका विद्यार्थीलाई विषयको महत्व, सम्भावना आदिका विषयमा जानकारी दिने उद्देश्यले यो सामग्री तयार पारिएको हो। जसका लागि हामीले छनोट गरेका छौँ, ग्लोबल स्कुल अफ साइन्स। सन् २०१९ मा स्थापना भएको ग्लोबल स्कुल अफ साइन्सले केही वर्षदेखि विज्ञान संकायमा उत्कृष्ट नतिजा पस्किरहेको छ।

ग्लोबल स्कुल अफ साइन्स नै किन ?
एसइईमा राम्रो जिपिए आएको छ र विज्ञान पढ्ने रुचि छ भने त्यस्ता विद्यार्थीका लागि ग्लोबल स्कुल अफ साइन्स उपयुक्त गन्तव्य बन्न सक्छ। सन् २०१९ मा स्थापना भएको यो कलेजले स्थापनाको छोटो समयमा नै मेडिकल, इन्जिनियरिङ र आइटी क्षेत्रमा अब्बल विद्यार्थी उत्पादन गर्न सफल भएको छ। 

गेटबाट भित्र प्रवेश गर्नेबित्तिकै निकै ठूलो कम्पाउन्ड, दायाँतिर फुटसल र बास्केटबलमा रमाइरहेका विद्यार्थी, नजिकै बोटबिरुवाले सजाइएका गमलाको लस्कर पार गर्दै जाँदा कुनै स्टार होटेलमा पस्दै गरेको अनुभूति दिलाउने।

Metro Mart

अत्याधुनिक कक्षा कोठामा विद्यार्थीहरूले निर्धक्क आफ्नो प्रतिभा प्रस्फुटन गर्न सक्छन्। कक्षा कोठामा स्मार्ट बोर्डहरू जडान गरिएका छन्। जहाँ शिक्षकले हरेक विषय डिजिटल प्रविधिबाट अध्यापन गराउँछन्।

ग्लोबल स्कुल अफ साइन्सले आफूलाई मेडिकल र इन्जिनियरिङ विद्यार्थी उत्पादनको हबका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। सोहीअनुसार यहाँ कक्षा ११ मा भर्ना भएको दुई महिनादेखि हरेक सोमबार र बिहीबार कलेजभित्रै मेडिकल तथा इन्जिनियरिङको तयारी कक्षासमेत सञ्चालन हुन्छ। मेडिकल र इन्जिनियरिङ क्षेत्रलाई आफ्नो लक्ष्य बनाएका विद्यार्थीका लागि यो अत्यन्तै उपयोगीसिद्ध भइसकेको छ।

ग्लोबल स्कुल अफ साइन्समा विद्यार्थी भर्ना भएपछि उनीहरूको दुईवर्षे पढाइको सम्पूर्ण जिम्मा कलेजले लिन्छ र हालसम्म यहाँबाट शतप्रतिशत विद्यार्थी उत्कृष्ट नतिजासहित उत्तीर्ण भएको कलेजका प्रोग्राम डाइरेक्टर गोकुलदेव बडू बताउँछन्। उनका अनुसार गत वर्ष देशभर विज्ञान संकायमा देशभरिबाट ४७ जनाले ४ जिपिए ल्याएकोमा ग्लोबल कलेज अफ साइन्सबाट मात्रै ६ जना थिए। यो निकै ठूलो उपलब्धि हो।

मूलभूत रूपमा धेरै साइन्स कलेजको गहन अध्ययनपछि खोलिएकाले यो कलेज अरू साइन्स कलेजभन्दा केही भिन्न छ, जुन यसको विशेषता हो।

ग्लोबल स्कुल अफ साइन्सले कक्षा ११ मा विद्यार्थी भर्ना भएर नियमित कक्षा सुरु भएपछि हरेक आइतबार अघिल्लो साताभरि अध्ययन अध्यापन गरेका विषयको परीक्षा साप्ताहिक रूपमा सञ्चालन गर्छ र हरेक बुधबार यसको नतिजा आउँछ। नतिजा उनीहरूका अभिभावकलाई समेत दिइन्छ।

यसरी एक महिनासम्म चारपटक नियमित परीक्षा लिएपछि विद्यार्थीको शैक्षिक अवस्था कस्तो छ? पढाएको बुझ्छ वा बुझ्दैन? पढाइलेखाइको स्तर कस्तो छ ? भन्ने जानकारी हुन्छ। महिनाको अन्त्यमा हरेक अभिभावकलाई महिनामा कति परीक्षा भए? कति अंक ल्याएको छ? कलेजमा कति दिन उपस्थित भएको छ? विद्यार्थीको व्यवहार कस्तो छ? गृहकार्य समयमा गरेको छ कि छैन? जस्ता कुराहरू रिपोर्ट बनाएर अभिभावकलाई दिइन्छ।

यसबाट विद्यार्थीहरूको डिभिजन सुरु हुन्छ र कमजोर देखिएका विद्यार्थीलाई अतिरिक्त कक्षाको व्यवस्था कलेजले नै गर्छ। उनीहरूले नियमित कक्षा सुरु हुनुभन्दा अघि बिहानीको समयमा गएर अनिवार्य रूपमा अतिरिक्त कक्षा लिनुपर्छ र जब तीन महिनाको टर्मिनल एक्जाममा राम्रो नतिजा निकाल्न सक्छन्, त्यसपछि त्यो कक्षाबाट ‘रिलिज’ गरिन्छ र जसको कमजोर नतिजा छ, उसलाई त्यहाँ राखिन्छ। यसरी निरन्तरको प्रयासबाट सबै विद्यार्थीको शतप्रतिशत नतिजा आइरहेको छ।

ग्लोबल स्कुल अफ साइन्स पछिल्लो समय विद्यार्थी मात्रै नभएर शिक्षकको पनि रोजाइको स्कुल बनेको छ। यहाँ ४० जना पूर्णकालीन, ३० जना आंशिक शिक्षक र २० जना कर्मचारी छन्। जो जति वेला पनि विद्यार्थीका समस्या हल गर्न उपस्थित हुन्छन्। पूर्णकालीन शिक्षकहरू बिहानैदेखि स्कुलमा उपलब्ध हुने भएकाले कमजोर विद्यार्थी र कक्षामा नियमित पढाइका क्रममा नबुझेका तथा सामूहिक छलफलमा आफूले नजानेको कुरा प्रस्टसँग राख्न नसक्ने विद्यार्थीले पनि यो समयमा आएर अतिरिक्त कक्षा लिन वा शिक्षकसँग व्यक्तिगत रूपमा भेटेर समस्या समाधान निकाल्न सक्छन्। जुन कक्षाको अतिरिक्त शुल्क लाग्दैन।

सबैभन्दा राम्रो पक्ष भनेको यहाँका शिक्षकले विद्यार्थीलाई ‘फोर्सफुल्ली’ भन्दा पनि विषयवस्तुबारे ‘मोटिभेट’ गरेर अध्यापन गराउने भएकाले अहिलेसम्म यो स्कुलले शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ। यहाँको सबैभन्दा राम्रो पक्ष भनेकै कलेजमा कुनै पनि विद्यार्थी भर्ना भइसकेपछि उसको पढाइको सम्पूर्ण जिम्मा कलेजले नै लिन्छ। यसमा कुनै पनि बहानामा अभिभावकलाई थप भार पर्ने गरी ट्युसन पढाउन लगाउने, अतिरिक्त कक्षाको व्यवस्था गराउनेजस्ता काम गर्दैन।

शिक्षकहरूको सेवा, सुविधा, सम्मान, प्रतिष्ठासँगै समयानुकूल तालिमहरूको समेत व्यवस्था भएकाले यो स्कुल हरेक शिक्षक र विद्यार्थीको रोजाइमा पर्दै आएको छ।

यहाँको सबैभन्दा बलियो पक्ष भनेको कुनै अभिभावकले आफ्नो एउटा छोराछोरीलाई यहाँ पढाए भने अर्को छोराछोरी पनि यही पढाउन चाहन्छन्। यो अभिभावकको कलेजप्रतिको विश्वास हो।

सुविधासम्पन्न संरचना र भविष्यमुखी शिक्षा
एसइईपछिको शिक्षा विद्यार्थीहरूको भविष्यसँग सीधा सम्बन्धित हुन्छ। त्यसैले यो भविष्यको जग बसाल्ने शैक्षिक तह पनि हो। यो स्टेजमा गएर कसैको पढाइ कमजोर भयो भने उसको सिंगो करिअरमा नै क्षति पुग्न सक्छ।

ग्लोबल स्कुल अफ साइन्स यो कुराप्रति सचेत छ। यहाँको भवनबाहिर भव्य मात्रै होइन, भित्र पनि उत्तिकै सुविधा सम्पन्न छ। यहाँको ल्याबमा एकैपटक ४० देखि ४५ जना विद्यार्थीले प्रयोगात्मक सिकाइ क्रियाकलाप (प्राक्टिकल) गर्न पाउँछन्। पढ्ने इच्छा भएका विद्यार्थीलाई यो स्कुल सधैँ खुला हुन्छ। शनिबार पनि यहाँ पुस्तकालयमा गएर अध्ययन गर्न सकिन्छ।

हरेक कक्षामा स्मार्ट बोर्ड राखिएकाले विज्ञानका सैद्धान्तिक विषयहरूलाई तत्कालै स्मार्टबोर्डबाट प्राक्टिकल रूपमा हेर्न पाइन्छ। जस्तो मानव शरीरका अंगहरूबारे पढाइ भइरहेको छ भने शिक्षक वा विद्यार्थीले हातले चित्र बनाएर देखाइरहनुपर्दैन। स्मार्टबोर्डमा आफूले अध्ययन गरिरहेको र जान्न मन लागेको विषय तत्कालै हेर्न सकिन्छ। जसबाट विद्यार्थीको पढाइ सैद्धान्तिक मात्रै नभएर विषयवस्तुबारे व्यावहारिक र प्रयोगात्मक रूपमा स्पष्ट हुनसमेत सहयोग पुग्छ।

हरेक विद्यार्थीले यहाँ अनिवार्य रूपमा प्रिजेन्टेसन गर्नुपर्छ। यसले विद्यार्थीको लेखनसँगै, वाककला, सीप र भाषागत ज्ञान समेत बढ्न सक्छ। स्कुलले प्रयोगात्मक ज्ञानका लागि प्रिजेन्टेसनसँगै हाइड्रोपावर, रासायनिक क्षेत्रका साथै महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रको भ्रमण गराउने गरेको छ।

यसका साथै विभिन्न ‘इन्टरनेसलन एक्सपोजर’का माध्यमबाट विभिन्न देशको भ्रमणसमेत गराउने गरिएको छ। जसबाट विद्यार्थीहरूलाई राष्ट्रिय क्षेत्रका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा भएको विकास, प्रविधिको प्रयोग, वैज्ञानिक क्षेत्रमा भएका नयाँ आविष्कार आदि क्षेत्रको जानकारी लिने अवसर हुन्छ।

ग्लोबल स्कुल अफ साइन्समा अध्ययन गरेका दर्जनौँ विद्यार्थी पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययन गरिरहेका छन् भने केही विद्यार्थी विदेशमा समेत पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन्।

विद्यार्थीको ध्यान यति वेला विश्वका नवीनतम् प्रविधितर्फ मोडिएको छ। यसलाई ध्यानमा राख्दै ग्लोबल स्कुल अफ साइन्सले विज्ञान संकायमा सैद्धान्तिक ज्ञान र प्रयोगात्मक अभ्याससँगै पाठ्यक्रमसँग सम्बन्धित गतिविधि (सिसिए) तथा अतिरिक्त क्रियाकलाप (इसिए) मा समेत विशेष जोड दिँदै आएको छ।

विद्यार्थीका लागि करिअर काउन्सिलिङ, प्रिजेन्टेसन, प्रोजेक्ट वर्क, रिसर्चजस्ता विषयमा केन्द्रित गर्ने गरेको छ। अत्याधुनिक भौतिक पूर्वाधार, आधुनिक शिक्षण सिकाइ प्रणाली, अत्याधुनिक ल्याब, सुविधासम्पन्न सभाहल, टेक्नो ल्याब, कम्प्युटर ल्याब र लाइब्रेरीको व्यवस्था कलेजका विशेषता हुन्।

छात्रवृत्तिको व्यवस्था के छ ?
ग्लोबल स्कुल अफ साइन्समा कक्षा ११ मा ६५० जना र कक्षा १२ मा ६५० जना गरी १ हजार ३ सय विद्यार्थी क्षमता छ। एसइईमा राम्रो नतिजा ल्याउने हरेक विद्यार्थीको ग्लोबल स्कुल अफ साइन्सबाट प्लस टु गर्ने चाहना हुन्छ। यहाँ हाल ६७ वटा स्कुलबाट एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याएका विद्यार्थीले अध्ययन गरिरहेका छन्। यसैबाट यो कलेजप्रति विद्यार्थीको आकर्षणलाई बुझ्न सकिन्छ।

यहाँ अध्ययन गर्नका लागि यति नै शुल्क लाग्छ भन्ने निश्चित हुँदैन। यसोभन्दा यो अभिभावकले तिर्न सक्नेभन्दा असाध्यै महँगो पनि छैन। कलेजले लिने लिखित र मौखिक परीक्षाबाट छनोट भएका २५ जना विद्यार्थीले कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति प्राप्त गर्छन्। छात्रवृत्ति प्राप्त गर्न नसकेका विद्यार्थीलाई पनि उनीहरूको एसइईमा प्राप्त जिपिएका आधारमा शुल्क लाग्ने गर्छ।

त्यसैले जेहेन्दार विद्यार्थीका लागि ग्लोबल स्कुल अफ साइन्स एक उत्कृष्ट गन्तव्य बन्दै गएको छ।

छात्रवृत्ति कसरी पाइन्छ ?
एसइईको परीक्षाफल प्रकाशित भएको पाँचौँ दिनमा छात्रवृत्तिका लागि इन्ट्रान्स टप २५ मेरिट फुल स्कलरसिप परीक्षा सञ्चालन हुन्छ।

जुन परीक्षामा उत्कृष्ट २५ भित्र पर्न सक्ने विद्यार्थीले २ वर्ष यो कलेजमा पूर्ण छात्रवृत्ति प्राप्त गर्छ। यो परीक्षा ६० अंकको हुन्छ। डेढ घन्टाको यो परीक्षामा विद्यार्थीले क्याल्कुलेटरजस्ता सामग्री प्रयोग गर्न पाउँदैनन् र भौतिक रूपमा उपस्थित भएर परीक्षा दिनुपर्छ।

यो परीक्षामा लिखितमा न्यूनतम ४५ अर्थात् ७५ प्रतिशत अंक ल्याउनुपर्छ। उनीहरूको १० अंकको अन्तर्वार्ता हुन्छ। बाँकी रहेको ३० अंक विद्यार्थीको जिपिएअनुसार प्राप्त हुन्छ। जस्तो कुनै विद्यार्थीको ४ जिपिए छ भने उसले यो परीक्षामा पनि ३० अंक नै प्राप्त गर्छ। कसैको ३.९ जिपिए छ भने २६ अंक र ३.८ छ भने २४ अंक प्राप्त गर्छ । यसरी लिखित परीक्षा, अन्तर्वार्ता र जिपिएको अंक जोडेर टप २५ भित्र पर्ने विद्यार्थीले कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउँछन्।

जुन परीक्षामा ४० प्रतिशतभन्दा बढी अंक ल्याउने विद्यार्थी ग्लोबल कलेज अफ साइन्समा भर्नाका लागि योग्य हुन्छ। यी विद्यार्थीमा पनि जिपिए राम्रो भएका विद्यार्थीले केही मात्रामा छात्रवृत्ति पाउछन्। जसले यहाँ अध्ययन गर्न चाहने विद्यार्थीलाई थप सहज हुन्छ।

बीचमा कुनै कारणवश पूर्ण छात्रवृत्ति पाएको विद्यार्थीको पढाइ कमजोर भयो भने पनि उसको छात्रवृत्ति कटौती हुने भन्ने हुँदैन। बरु छात्रवृत्ति नपाएका विद्यार्थीले पढाइमा राम्रो गरेमा उनीहरूले तिर्नुपर्ने शुल्क कम हुन्छ। यसले पनि कलेजप्रति आकर्षण बढेको छ।

इन्ट्रान्स परीक्षादेखि युनिट टेस्ट, अतिरिक्त क्रियाकलाप (इसिए), खेलकुदलगायतका गतिविधि पनि वार्षिक क्यालेन्डरका आधारमा निश्चित गरिएका छन्। जसका कारण कलेजमा कुन समयमा के हुन्छ भन्ने अन्योलता अभिभावक र विद्यार्थीमा हुँदैन। विद्यार्थीलाई विज्ञानको गहिरो अध्ययन गराएर बौद्धिक र सिर्जनशील विद्यार्थी उत्पादन गर्नु कलेजको उद्देश्य हो।

म्यानेजमेन्ट अध्ययनका लागि नेपालमै उत्कृष्ट ग्लोबल कलेज
एसईई उत्तीर्ण भएपछि सबैभन्दा धेरै विद्यार्थीको रुची र आकर्षण म्यानेजमेन्ट (व्यवस्थापन) संकायमा छ । रोजगारीका अवसर र स्वरोजगार बन्ने मार्ग भएको तथा सैद्धान्तिक र व्यवहारिक दुवै विषयको अध्ययन हुने भएकाले व्यवस्थापन संकाय आम विद्यार्थीको रोजाई परेको हो । 

अर्थशास्त्र, होटल म्यानेजमेन्ट, एकाउन्टेन्सीजस्ता विषय पढाई हुने यो संकाय अधिकांश उच्च मावि र कलेजहरुमा छ । केही समयअघिसम्म एसएलसीमा उच्च अंक ल्याउन नसकेका र धेरै कमजोर पनि नरहेका मध्यम विद्यार्थी म्यानेजमेन्ट पढ्छन् भन्ने धारणा थियो । तर पछिल्लो समयमा म्यानेजमेन्ट पढ्न उत्कृष्ट अंक ल्याएका र एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीबीच तीव्र प्रतिस्पर्धा छ । 

म्यानेजमेन्ट अध्ययनका लागि काठमाडौंको मध्य बानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्ट एउटा सफल र उदाहरणीय ब्राण्डका रुपमा स्थापित कलेज हो । जसले गत वर्षमात्रै उत्कृष्ट म्यानेजमेन्ट कलेजको अवार्ड समेत पाएको छ । व्यवस्थापन विषय अध्ययनका लागि नेपालको एकमात्रै उत्कृष्ट कलेजका रुपमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्ट सम्पूर्ण रुपमा व्यवस्थापन संकायमा केन्द्रित छ । यहाँ अन्य विषयको अध्ययन नभई व्यवस्थापनमामात्रै ध्यान केन्द्रित हुने भएकाले यो विषय अध्ययनका लागि उपयुक्त गन्तव्य बन्न सक्छ । 

ग्लोबल कलेज अफ म्यानेजमेन्टले व्यवस्थापन शिक्षामा विशिष्टता मात्रै हासिल गरेको छैन, यसले एक्काइसौं शताब्दीको मागअनुसार विश्व बजारमा प्रतिस्पर्धी जनशक्ति तयार पार्दै आएको छ । यो कलेजले म्यानेजमेन्ट विषयमा ९८ प्रतिशतभन्दा माथिको नतिजा दिँदै आएको छ । 

ग्लोबल कलेज अफ म्यानेजमेन्टका विशेषताहरू
ग्लोबल कलेज अफ म्यानेजमेन्ट वि.सं. २०६२ सालमा व्यवस्थापन विषय अध्यापन गराउने उद्देश्यले स्थापना भएको कलेज हो । यो कलेजमा अरु विषय अध्यापन हुँदैन र सम्पूर्ण रुपमा म्यानेजमेन्ट विषयमा नै फोकस हुन्छ । त्यसैले यहाँ अध्ययन गरेका विद्यार्थी म्यानेजमेन्ट संकायमा पोख्त भएर निस्किन्छन् । कलेजको व्यवस्थापन, प्रिन्सिपल, शिक्षक, कलेज प्रशासन, को–अर्डिनेटरको सम्पूर्ण ध्यान म्यानेजमेन्ट पढ्ने विद्यार्थीले पाउँछ । त्यसैले ग्लोबल कलेज साइन्स, म्यानेजमेन्ट र अन्य संकायको पढाई हुने अरु कलेजभन्दा भिन्न छ । 

साइन्स र म्यानेजमेन्ट सँगै भयो भने कलेजको सम्पूर्ण फोकस विज्ञानले पाउँछ । साइन्सबाट डाक्टर, इन्जिनियर, नर्स, फार्मेसीजस्ता क्षेत्रमा जान पाइन्छ भन्ने भएकाले कलेज र विद्यार्थीको पनि सम्पूर्ण फोकस साइन्समा जान्छ र व्यवस्थापनमा कम ध्यान हुन्छ । त्यो खालको डोमिनेसन, डिस्क्रिमिनेसन र सेग्रिगेसन ग्लोबल कलेज अफ म्यानेजमेन्टमा हुँदैन । किनकि यो पूर्ण रुपमा म्यानेजमेन्ट कलेज हो र सम्पूर्ण ध्यान यसैमा केन्द्रित छ । 

साइन्समा कलेज टपर, बोर्ड टपर वा जतिसुकै राम्रो अंक ल्याए पनि जबसम्म मेडिकल र इन्जिनियरिङमा नाम निस्किदैन, तबसम्म भ्यालुएड नै हुँदैन । तर यही कुरा म्यानेजमेन्टमा लागू हुँदैन । एउटा विद्यार्थीले कलेजमा ४५ मिनेटका ५ वटा कक्षा पढ्छ । यो भनेको करिब ४ घन्टा हो । सोही अनुसार उसले १ देखि ३ घन्टा घरमा मेहनत ग¥यो भने ग्लोबल कलेजमा पढेको एभरेज विद्यार्थीले ८० प्रतिशतभन्दा बढी अंक ल्याउँछ । उसले दिनमा ७ घन्टा नै सुत्यो भने पनि उसँग दिनमा अझै १० घन्टा समय बाँकी रहन्छ ।

जुन समय उसले करियर डेभलपमेन्ट, पर्सनालिटी डेभलपमेन्ट, नेतृत्व क्षमता विकास, मोटिभेटिङ क्वालिटी डेभलपमेन्ट, समूहमा काम गर्ने सिक्नेजस्ता क्षेत्रमा लगाउन सक्छ । त्यसका लागि ग्लोबल कलेज अफ म्यानेजमेन्टमा जति पनि अवसर छन् । ग्लोबल कलेज अफ म्यानेजमेन्टमा जति एस्ट्रा करिकुलर एक्टिभिटी र को–करिकुलर एक्टिभिटी हुन्छ, त्यो अरु कलेजको तुलनामा असाध्यै धेरै हुन्छन् । जसमा कलेजले पूर्ण रुपमा सपोर्ट र सहयोग गर्छ । यसले विद्यार्थीको होलिस्टिक डेभलपमेन्टका लागि सहयोग पुग्छ । यसरी सबै क्षेत्रमा पोख्त भएका विद्यार्थीलाई उच्च शिक्षाका लागि नेपालमा मात्रै होइन, संसारका कुनै पनि कलेजले रोक्दैन । 

कुनै कलेजले वेलकम, फेरवेल, सांगीतिक र सांस्कृतिक कार्यक्रम, आर्ट, पब्लिक स्पिकिङजस्ता कार्यक्रम गर्नसक्छ । तर ग्लोबल कलेज अफ म्यानेजमेन्टमा गत वर्ष २०८० मा मात्रै ९६ वटा अतिरिक्त कार्यक्रम भएका छन् । 

अर्को सबैभन्दा बलियो पक्ष भनेकै यहाँका अनुभवी शिक्षकहरु हुन् । यहाँ जो पायो त्यही शिक्षकले पढाउदैन । ग्लोबल कलेज अफ म्यानेजमेन्टमा अध्यापनका लागि पहिलो शर्त भनेकै मास्टर्समा प्रथम श्रेणीमा उत्तीर्ण गरेकै हुनुपर्छ । धेरै शिक्षकहरु सम्बन्धित विषयमा ‘गोल्ड मेडल’ प्राप्त गरेका छन् । कुनै कलेजमा ५ वर्ष अध्यापनको अनुभव नभएका शिक्षकहरु ग्लोबल कलेजमा पढाउन योग्य हुँदैनन् । यसको अर्थ यहाँ पढाउने शिक्षकहरु अनुभवी छन् । जो विद्यार्थी ११–१२ कक्षा अध्ययनका लागि आउँछन्, उनीहरु आफैंले शिक्षकको मूल्यांकन गर्न पाउने व्यवस्था यो कलेजमा छ ।

यदी कुनै शिक्षकबारे विद्यार्थीबाट बारम्बार गुनासो आयो भने शिक्षक नै हट्ने सम्भावना पनि हुन्छ । यसबाट शिक्षक सधैं विद्यार्थीप्रति उत्तरदायी हुन्छन् । अर्को कुरा शिक्षक र विद्यार्थीबीच फ्रेन्ड्ली सम्बन्ध हुन्छ भने शिक्षक अहिलेको जेनेरेसन र प्रविधिसँग अपडेटेड हुनैपर्छ । भन्दा र सुन्दा यो कुरा अनौठो लागे पनि यसले विद्यार्थीलाई नै सहयोग पुग्छ ।

ग्लोबल कलेज अफ म्यानेजमेन्टमा ६ वटा विषयमा पढाई हुन्छ । ती सबै किताबका लेखकहरु यो कलेजमा पढाउछन् । अरु माथिल्लो लेभलका किताबका लेखक पनि यो कलेजमा शिक्षक छन् । त्यसैले ७ घन्टा पढ्दा त्यसै ८० प्रतिशत आउने होइन, कलेजसँग राम्रो ब्याकअप छ । ग्लोबल कलेजमा एउटा यस्तो सिस्टम छ, जसले यहाँ आएको कुनै विद्यार्थी फेल हुनै पाउँदैन र फेल हुँदैन । शतप्रतिशत पास हुन्छ, त्यसको सम्पूर्ण जिम्मा कलेजले नै लिन्छ । शिक्षकहरुले यहाँ नियुक्ति लिँदै गर्दा नै सबै विद्यार्थीलाई पास गराउने प्रतिबद्धता जनाएका हुन्छन् । त्यसका लागि यहाँका शिक्षकले पनि अन्य कलेजमा भन्दा दुई÷तीन÷चार गुणा बढी सेवा सुविधा प्राप्त गर्छन् । 

शिक्षकले हरेक साताभरमा पढाएको कुरालाई होमवर्क दिनैपर्छ र चेक गर्नुपर्छ । जुन कुरा कलेजको म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (एमआईएस) मा अपलोड गर्नुपर्छ । जसमा शिक्षकले विद्यार्थीले गरेको छ भने सी अर्थात कम्प्लिक्ट लेख्छन् ।  पूरा गरेको छैन वा फेरि गर्नुपर्नेछ भने आर र बुझाएकै छैन भने ‘नट सबमिटेड’ भनेर लेखिन्छ । यस्ता विद्यार्थीलाई प्रोग्राम डाइरेक्टर, को–अर्डिनेटरले प्रोजेक्ट नबुझाउनुको कारण सोध्छन् । अरु कुनै समस्या भयो वा पढेको जानेको छैन भने बिहान पढ्नेलाई दिनभर र दिउँसो पढ्ने छ भने बिहानदेखि नै बोलाएर थप मेहनत गराउँछन् । यसले विद्यार्थीलाई केही कडाई गरेको हो कि भन्ने फिल हुनसक्छ । तर यसले विद्यार्थीलाई नै पर्फेक्ट बनाउँछ । 

यहाँको कलेजको भवन, कक्षाकोठा, पुस्तकालय, क्यान्टिन, सेमिनार हलदेखि जति पनि स्रोतसाधन छन्, ति सबै कलेजको लागि नै डिजाइन गरिएका छन् र विद्यार्थी केन्द्रित, विद्यार्थीको शिक्षण सिकाईमा सहयोग पुग्ने खालका छन् । भवनका प्रत्येक तलामा एक पटकमा १२ देखि १४ जनाले प्रयोग गर्नसक्ने शौचालय छ । विद्यार्थीलाई कक्षा चलिरहेको समयमा बिचमै बाहिर जानुप¥यो भने २ मिनेटमा फर्किएर आउन सक्छ । जसले गर्दा उसको कक्षा छुट्दैन । यो एक दिनको कुरा होइन, दुई वर्षको कुरा हो । 

हरेक हेड अफ डिपार्टमेन्टका अलग अलग क्याबिन छन् । जहाँ विद्यार्थी र हेड अफ डिपार्टमेन्टबीच व्यक्तिगत रुपमा छलफल गर्न पाउँछन् । पढाएर सकेपछि पनि शिक्षकहरु २ घन्टा बस्ने भएकाले नबुझेको कुरा विद्यार्थीले त्यही आएर पनि सोध्न पाउँछन् । यहाँ भएका सुविधाहरुलाई उपयोग गर्न सक्यो भनेमात्रै पनि धेरै कुरा सिक्न सकिन्छ । 

यो कलेजमा भर्ना भएको हरेक विद्यार्थीले ग्रुपको अघि माइक समातेर कुनै विषयमा बोल्नैपर्छ । यसले उसको भाषिकदेखि वाक्कलामा निपूर्ण हुन्छ । तिनै विद्यार्थी कलेजका क्लबमा सामेल हुन्छन् र त्यसमार्फत अनेकौं अतिरिक्त क्रियाकलापमा सामेल हुन्छन् । यस्ता क्रियाकलापका लागि ६ वटा क्लबहरुलाई कलेजले सहयोग गर्छ । यहाँका एभजेज कलेजहरुले काठमाडौंका धेरै कलेजहरुमा नेतृत्वदायी भूमिका खेल्न सक्छन् भने उत्कृष्ट विद्यार्थीमध्ये धेरैले विदेशमा अध्ययनका राम्रा अवसरहरु प्राप्त गरेका छन् । ग्लोबलबाट बाहिर निस्किदा कुनै पनि विद्यार्थीले एउटा बलियो शैक्षिक प्रमाणपत्र र बोल्डनेस, कन्फिडेन्स बोकेर जानसक्छ । 

छात्रवृत्तिको व्यवस्था
ग्लोबल कलेज अफ म्यानेजमेन्टमा महानगरबाट आउने १० प्रतिशत विद्यार्थीले अनिवार्य रुपमा छात्रवृत्ति प्राप्त गर्छन् । यहाँ पढ्न आउने कुनै पनि विद्यार्थी छात्रवृत्ति बिना पढेको छैन भन्दा पनि हुन्छ । किनभने हरेक विद्यार्थीले जीपीएका आधारमा छात्रवृत्ति पाउँछ । 

विद्यार्थी कलेजमा भर्नाका लागि आउँदा इन्ट्रान्स परीक्षा दिन्छ । जसमा राम्रो गर्न सकेमा एसईईको जीपीएलाई समेत हेरेर छात्रवृत्ति प्रदान गरिन्छ । जीपीए २.८ भन्दा कम जीपीए ल्याएको छ भने पनि इन्ट्रान्समा नाम निकाले पढ्न पाउँछ । इन्ट्रान्समा पहिलो, दोस्रो र तेस्रो भएका विद्यार्थीहरुले कलेजमा तिर्ने वार्षिक शुल्क असाध्यै नगन्य हुन्छ । 

अतिरिक्त क्रियाकलापको व्यवस्था
ग्लोबल कलेज अफ म्यानेजमेन्ट अतिरिक्त शैक्षिक क्रियाकलापको असाध्यै धेरै अवसरहरु छन् । यहाँ रहेका म्युजिक क्लब, सोसल क्लब, ग्लोबल डिबेड क्लब, लिटरेरी क्लबलगायत ६ वटा क्लबहरु कलेजका अतिरिक्त क्रियाकलाप सञ्चालनमा सक्रिय छन् । जसले कलेजका हरेक कार्यक्रमको नेतृत्व गर्छन् । यो म्यानेजमेन्ट कलेज भएका कारण यो कलेजबाट उत्पादन हुने विद्यार्थी पनि म्यानेजरहरु नै हुन् । कलेजका ईसीए÷सीसीए को–आर्डिनेटर जय गौडेलका अनुसार उनीहरु भोलिका दिनमा कुनै कुनै संस्था चलाउदा पनि त्यसको व्यवस्थापन गर्नसक्ने, डिल गर्नसक्ने, बोल्न सक्ने, प्रोपोजलको निर्माण गर्नेजस्ता क्रियाकलापमा पोख्त हुन सक्छन् ।

त्यसैले अतिरिक्त क्रियाकलाप पनि सोही अनुसार क्लबहरुले सञ्चालन गर्छन् । हरेक वर्ष आउने नयाँ विद्यार्थीले पनि क्लबहरुलाई उस्तै गतिमा हाँकिरहेका छन् भने यीनै क्लबबाट विभिन्न सामाजिक कार्यहरु समेत गरिरहेका छन् । कतिपय ठूलो कार्यक्रम गर्नका लागि कलेजले सहयोग गर्छ भने कतिपय स्पोन्सरसिपका लागि कलेजले सामान्य कुराकानी गरिदिन्छ । तर त्यहाँ प्रोपोजल लेखेर सहयोग ल्याउने काम विद्यार्थी आफैंले गरिरहेका छन् । पूर्वप्रधानमन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरुलाई यीनै क्लबका विद्यार्थीले बोलाएर कार्यक्रम गर्न सक्छन् ।

कलेजमा पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, डा.बाबुराम भट्टराई, गगन थापाजस्ता नेताहरु बोलाएर विद्यार्थीले कार्यक्रम गरेका छन् । यो आफैंमा ठूलो एक्सपोजर हो । यसैगरी विषयको प्रकृतिअनुसार इन्डस्ट्रीयल क्षेत्रदेखि आईटी पार्क, एक्स्पोहरुमा, ठूला कार्यालयहरु आदिको भ्रमण गरी कसरी चलिरहेका छन् र कसरी व्यवस्थापन भएको छ भन्नेबारेमा अध्ययन गराइन्छ । होटल म्यानेजमेन्ट अध्ययन गरिरहेका विद्यार्थीलाई कुनै फाइभस्टार होटलको भ्रमण गराइन्छ । कलेजमा खेलकुदका लागि ४ वटा बास्केटबल कोर्टदेखि फुटसलको व्यवस्था छ । जसको विद्यार्थीले आफ्नो समयअनुसार उपयोग गर्न सक्छन् । 

म्यानेजमेन्ट कस्तो विषय हो ? 
म्यानेजमेन्ट आजको अपरिहार्य विषय हो । किनकि यसको कुनै सीमा वा दायरा भन्ने हुँदैन । आफूदेखि समाज, संस्था र राष्ट्रलाई अघि बढाउन म्यानेजमेन्टको आवश्यकता छ । जुन सोचको बिचारोपण यही म्यानेजमेन्ट विषयबाट नै हुन्छ । त्यसैले यो एउटा गहकिलो तथा मल्टिडिसिप्लेनरी पनि हो । 

उद्यमशीलता र व्यवसायको सञ्चालनका लागि म्यानेजमेन्टका विद्यार्थी आवश्यक छ । म्यानेजमेन्ट भन्नाले फाइनान्सियल म्यानेजमेन्ट, ह्युमन रिसोर्स म्यानेजमेन्ट र मार्केटिङ म्यानेजमेन्टजस्ता विषयमात्रै हुन् भन्ने बुझाई छ । तर प्रोजेक्ट म्यानेजमेन्ट, सप्लाई चेन म्यानेजमेन्ट, लजिस्टिक म्यानेजमेन्ट, टेक्नोलोजी म्यानेजमेन्ट, सोसिएल म्यानेजमेन्टजस्ता कुरा पनि यसैभित्र पर्छन् । यसैबाट सफल उद्यमी तथा कुशल व्यवस्थापक जन्मिन सक्छन् । 
                                      - एडभर्टोरियल

प्रकाशित: Jul 05, 2024| 10:21 शुक्रबार, असार २१, २०८१
corrent noodlescorrent noodles
प्रतिक्रिया दिनुहोस्