सोमबार, साउन ११, २०८३

आज उपाधिका लागि ललितपुर र भैरहवा भिड्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेटको उपाधिका लागि शनिबार ललितपुर प्याट्रियट्स र भैरहवा ग्लाडीयटर्सबीच भिडन्त हुँदै छ । त्रिवि क्रिकेट मैदानमा खेल दिउँसो १२ः३० बजेबाट सुरु हुँदै छ । 

शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा र ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर दुबै टोलीको लक्ष्य तेस्रो संस्करणको इपीएलको उपाधि जित्ने हुनेछ । भैरहवा साविकको उपविजेता टोली पनि हो । 

भैरहवा लिग चरणमा ललितपुरसँग ६ विकेटले पराजित भएको थियो । लिग चरणमा भैरहवाले दिएको ९२ रनको सामान्य लक्ष्य ललितपुरले १४.२ ओभरमा मात्र ४ विकेट गुमाउदै भेट्टाएको थियो । 

त्यसैले भैरहवा उक्त हारको बदला लिँदै प्रतियोगिताको उपाधि उचाल्ने दाउँमा हुने छ । यता ललितपुर भने लिग चरणमा पराजित गरेको उच्च मनोबलका साथ मैदान उत्रिने छ ।
दुबै टोली क्वालिफायरमा काठमाडौ किङ्ग इलेभेनलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।

भैरहवाले इलिमिनेटरमा पृथु बास्कोटाको टिम चितवन टाइगर्सलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेता १० लाख नगद पाउने छन् । 

त्यस्तै प्रतियोगिताको प्येलर अफ दि सिरिजले टिभीएस अपाचे बाइक पाउने छन् । आयोजकले यस संस्करणको विजेताले पाउने रकममा वृद्धि गरेको छ । गत संस्करणको विजेता टोलीलले २१ लाख प्राप्त गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।