सोमबार, साउन ११, २०८३

आजका अखबार : वायु प्रदूषणले सासै फेर्न सकस 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित शनिबारका राष्ट्रिय दैनिक अखबारहरुले दाङको तुलसीपुरमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको विषयलाई मुख्य समाचार बनाएका छन् । 

शैक्षिक भ्रमण गरि सल्यानबाट दाङ फर्किएको बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ। दुर्घटनामा १५ जना घाइते भएका छन् । ब ४ ख ९७६६ नम्बरको बस दाङ तुलसीपुर उपमहानगरपाािलका वडा नम्बर ३ राम्री भन्ने स्थानमा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार बसमा ३४ विद्यार्थी, दुई शिक्षक र एक चालक गरी ३७ जना थिए ।

यसै वर्षदेखि घोराहीमा सञ्चालित कृष्ण सेन इच्छुक पोलिटेक्निकल इन्स्टिच्युटका वनविज्ञान विषयका विद्यार्थी र शिक्षक सल्यानको छायाछेत्रमा वनस्पतिसम्बन्धी प्रयोगात्मक अभ्यासका लागि शुक्रबार बिहान गएका थिए । फर्कने क्रममा बस सडकबाट ७ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । 

यसै विषयलाई मुख्य समाचार बनाउँदै आजको कान्तिपुर दैनिकले शैक्षिक भ्रमणको बस खस्योः २२ को मृत्यु, १५ घाइते शीर्षकमा खबर छापेको छ । अन्नपूर्ण पोस्ट्ले पनि बस दुर्घटना २२ को मृत्यु शीर्षकमा खबर लेखेको छ । नयाँ पत्रिकाले पनि २२ को मृत्यु भएको उल्लेख गरेको छ भने आजको नागरिक दैनिकले २१ जनाको मात्रै मृत्यु भएको खबर छापेको छ ।  

यो दुखद दुर्घटनाको खबरसँगै आजका पत्रपत्रिकाले अरु विषयलाई पनि प्राथमिकताकामा पारेका छन् । नागरिक दैनिकले उपत्यकामा बढेको वायु प्रदुषणका कारण सासै फेर्न सकस हुने अवस्था आएको विषयलाई मुख्य समाचार बनाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा वायु प्रदुषणका कारण लाग्ने रोगबाट प्रत्येक वर्ष १० हजारको मृत्यु हुने गरेको समाचारमा उल्लेख छ । यस्तै नागरिकले फैसला थाहा नभएको बाहानामा मनाङे जेलमुक्त शीर्षकमा विशेष खबर छापेको छ । 

कान्तिपुरले खुलेन मलेसिया शीर्षकमा विशेष खबर लेखेको छ ।  समाचारमा उल्लेख भए अनुसार जेठदेखिको प्रतिबन्ध खुल्न नसक्दा १० हजार युवा कलिङ भिसा बोकेर उड्ने दिनको पर्खाइमा छन् । श्रम सम्झौता भएको २ महिना बितेपनि अझै मलेसिया कामदारका लागि नखुल्दा हजारौ युवाहरुले समस्या झेल्नु परेको समाचारमा जनाइएको छ । 

अन्नपूर्णले भने रवि ओड दोस्रो नेपाल आइडल बनेको विषयलाई मुख्य समाचार बनाएको छ । उसले क्यारिकेचर र हास्यव्यंगका नाममा आत्मासम्मानमा घोचपेच गर्ने गरिएको विषयलाई पनि पहिलो पृष्ठमा स्थान दिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।