सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • झुपडीमा सफलताको दीप : नृत्य गर्ने रविले उचाले गायनको उपाधी

झुपडीमा सफलताको दीप : नृत्य गर्ने रविले उचाले गायनको उपाधी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- भनिन्छ, झुप्रोभित्रै सम्भावना लुकेको हुन्छ। सामान्य आर्थिक अवस्था, चाहना हुँदाहुँदै अभावको जाँतोमा पिल्सिएका सपना, ती सपना पुरा गर्न सुदूरभूमिमा बसेर संघर्षरत जीवन गुजारीरहेको एक ठिटो, रवि वड। जसलाई जाँतोमा पिल्सिएका सपना पुरा हुटहुटी थियो। त्यही हुटहुटीले अवसर खोजिरहेको थियो। सपना पुरा गर्ने हुटहुटी र आर्थिक अवस्था मजबुत पार्न कहिले भारतको मजदुरी, कहिले म्यादी प्रहरीको जागिर त कहिले विभिन्न कल्बको सहयोगमा नृत्य गर्न पुग्थे रवि। यसरी नै जेनतेन चलिरहेका थियो, रविको दैनिकी। 

यही बेला टेलिभिजन रियालिटी शो - नेपाल आइडल प्रतिभाको खोजी गर्दै पुग्यो सुदूरभूमी, धनगढी। नेपाल आइडलको धनगढी अडिसनको ढोकामा पुगेका रवि निर्णायक आँखामा गढे र मन जित्न सफल भए। उनको प्रतिभा त्यहीबेलै पहिचान गरेका निर्णायकले थमाए उनलाई बधाईसहितको कार्ड। त्यही कार्ड पछ्याउँदै उनी हानिए काठमाडौं। उनी काठमाडौं पुगेका सयौं प्रतिस्पर्धीलाई पछि पार्दै फाइनलमा पुग्न सफल भए। आर्थिक अवस्था कमजोर भएका रविलाई यहाँसम्म पुग्न निकै चुनौती थियो। उनको गायकी क्षमता र समर्थकहरुको अथाह साथ र मायाले नेपाल आइडल सिजन-२ को बलियो दाबेदारका रुपमा उभिए। अन्त: सर्मथकको साथलाई निराशामा परिणत हुन दिएनन् र उचाले नेपाल आइडको उपाधी। 

रविको जीवनको कारुणिकता र स‌ंघर्ष केही गर्न चाहनेहरुका लागि उदाहरण नै बन्न सक्छ। सानैमा आमाको काख गुमाए। घरको जेठो सन्तान भएकोले परिवारको जिम्मेवारी पनि उनकै काँधमा थियो। बुबाको भारतमा जसोतसो गरी कमाएको खर्चले धौ-धौ पेट पाल्न मात्र पुग्ने भएकोले पढाइमा अब्बल हुँदाहुँदै पनि रविले पढाइलाई निरन्तरता दिन सकेनन्। 

हामीले निराश हुनुहुदैन। आफ्नो जीवनको लक्ष्य र आफूभित्रको क्षमताको पहिचान गरी निरन्तरता दिने हो भने एकदिन अवश्य सफल भइन्छ भन्ने उदाहरण पनि बन्न सफल भए रवि। उनी आफैंले पनि सोचेका थिएनन्, नेपाल आइडको उपाधी उचाल्ने बारे तर, समय र संघर्षले पहिराइदिएको सफलताको ताज। 

नृत्यमात्रै आफ्नो कला ठानेका रविको हृदयमा थियो गायकी। उनको त्यही गायकीले हरेक झुपडीको कथा बोलेको थियो। आज त्यही झुपडीका सफलता दिप बलेको छ। 

चार जनाबीचको प्रतिस्पर्धामा सर्वाधिक भोट पाएर रवि उत्कृष्ट बने। रविसँगै पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी पनि प्रतिस्पर्धामा थिए। 

फाइनल प्रतिस्पर्धाको रियालिटी शो नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकबाट गरिएको थियो। 

रविले नेपाल आइडल–२ को उपाधी हात पारेसँगै २२ लाख नगद, एउटा होन्डा डब्लुआर–भी कार जितेका छन्। यस्तै उनले एउटा एल्बममा गीत गाउन पाउने छन्। रविले वर्ल्ड टुर अथवा ५० लाख नगदमा एउटा रोज्न पाउने छन् भने एउटा एल्बमको सम्झौता वा वर्ल्ड टुरमध्ये एउटा रोज्न पाउने छन्। 

फाइनलमा पुगेका चारै प्रतिस्पर्धी जनवरी एकबाट जापान, अस्ट्रेलियालगायतका देशमा टुरमा जाने छन्।  नेपाल आइडलको सिजन वानमा बुद्ध लामाले उपाधि उचालेका थिए।



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।