सोमबार, साउन ११, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आज पुस ६ गते शुक्रबार कहाँ के-के भयो? अब थाहापाउनुहोस्, नेपाल समय दिनभरी। 

अवलोकन भ्रमणबाट फर्किँदा दुर्घटना: १६ जनाको मृत्यु, ११ घाइते (अपडेट)

सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको बा४ ख ९७६६ नम्बरको बस तुलसीपुर-सल्यान सडकखण्डको तुलसीपुर-३ राम्रीमा बिहीबार बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ। ११ जना घाइते भएका छन्। 

कांग्रेसमा अब १५ पदाधिकारी, सबै निर्वाचित हुनुपर्ने 

नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी र सदस्यको संख्या तथा निर्वाचन प्रकृयाका बारेमा नयाँ लिखित सहमति भएको छ। नयाँ सहमति अनुसार आठ जना सहमहामन्त्री रहने भएका छन्। शीर्ष नेताहरुबीच भएको सहमतिलाई शुक्रबार अपरान्ह बसेको केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिएको छ।

नेकपा स्थायी समिति : आइतबार ओली-प्रचण्डले जवाफ दिने

सात दिनदेखि जारी नेकपाको स्थायी समिति बैठकमा आइतबार अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने भएका छन् । ४५ सदस्य स्थायी समितिमा शुक्रबारसम्म ४१ जना सदस्यले आफ्नो धारणा राखिसकेका छन् । बाँकी सदस्यले शनिबार धारणा राख्ने भएका छन् । 

‘हनिमुन’मै हिरो बने इमरान

राजधानी इस्लामाबादस्थित ‘ऐवन ए सद्र’ मा राजकीय धुन ‘कोमी तराना’ सँगै कुरान साक्षी राखेर प्रधानमन्त्रीको शपथ खाँदै गर्दा पूर्व क्रिकेटर इमरान खानको अगाडि मुलुकलाई नयाँ सञ्जीवनी प्रदान गर्नुपर्ने अनेकौं चुनौती थिए। उनले ती चुनौती सामना गर्न समस्याहरूलाई मुख्य ६ भागमा छुट्याएका थिए।

निर्मला हत्या प्रकरण : १८ प्रहरीमाथि हेडक्वार्टरको डण्डा

प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा लापरबाही गर्ने १८ प्रहरीमाथि कारबाही सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले एआइजी धीरु बस्नेत नेतृत्वको छानबिन समितिको प्रतिवेदनका आधारमा विभागीय कारबाही सुरु गरेको हो। 

पूर्वराजा ज्ञानेन्द्र र कमल थापाबीच गोप्य वार्तामा के-के भयो ?

पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासँग पोखरामा शुक्रबार एक घन्टा गोप्य वार्ता गरेका छन्। पोखरा १७ दोबिल्लास्थित माउन्टेन ग्लोरी रिसोर्टमा बसिरहेका ज्ञानेन्द्र र थापाबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे गम्भीर छलफल भएको थियो।

मनाङ्गे कारागार नबस्ने

गुण्डा नाइके दिपक मनाङ्गे (राजीव गुरुङ) कारागारमुक्त भएका छन् । डिल्लीबजारको सदरखोरस्थित कारागारमा रहेका मनाङ्गे शुक्रबारदेखि कारागारमुक्त भएका हुन्। मनाङका प्रदेशसभा निर्वाचन जितेका मनाङ्गे ज्यान मार्ने उद्योग अन्र्तगत अनुसन्धानका जेल चलान भएका थिए । 

घरमा जादु ल्याउने २१ क्रिसमस 'आइडिया'

क्रिश्चियन धर्मालम्बीको विशेष चाड क्रिसमस डे नजिकै आउँदै छ। डिसेम्बर २५ मा मनाइने यो चाडमा शान्ता क्लुजको आकृति बनाएर घर वा पसलमा राखिन्छ।
क्रिसमस नजिकिएसँगै घर, पसल, चोक तथा बजारहरुमा क्रिसमस ट्री बनाउने काम भइरहेको छ। तपाईं क्रिसमसमा कुन किसिमको सजावट गर्ने र के गर्ने भन्ने सोची रहनु भएको छ?

उमेर नपुगेको कर्मचारी भर्नाको विरोध गर्दा सार्वजनिक मुद्दा

अछामको चौरपाटी गाउँपालिकाले उमेरै नपुगेको कर्मचारी भर्ना गरेको बिषयमा बिरोध गर्दा छापामार शैलीमा कांग्रेस कार्यकर्ता पक्राउ परेका छन। पुस ४ गते उमेर नै नपुगी चौरपाटी गाउपालिकाले कर्मचारी भर्ना गरेको भन्दै नेपाली कांग्रेसले बिरोध गरेको थियो।

११ र १२ गते सामुदायिक विद्यालय बन्द हुने

विज्ञापनको बहानामा सरकारले अस्थायी शिक्षकहरुलाई विस्थापित गर्न खोजेको भन्दै प्रदेश २ का शिक्षक संगठनहरु विरोधमा उतरेका छन्। शिक्षक सेवा आयोगले सम्झौताविपरित प्रश्न सोधेर अस्थायी शिक्षकहरुलाई विस्थापित गर्ने षडयन्त्र गरेको भन्दै संयुक्त शिक्षक संस्था विरोधमा उतरेको हो।

यसकारण बढ्दै छ इन्टरनेटको मूल्य

आगामी पुस १५ गतेदेखि इन्टरनेटको मूल्य बढ्ने भएको छ। इन्टरनेट सेवा प्रदायक कम्पनीको शुक्रबार बसेको बैठकले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको हो।
सरकारसँग गरिएको सम्झौता कार्यान्वन नहुँदा मूल्य बढाउने निर्णय गर्न बाध्य भएको भोजराज भट्टले जानकारी दिए।

भद्र सहमतिपछि बैंकहरुले ब्याज घटाए

शुक्रबार केही बैंकहरुले निक्षेपको ब्याज घटाएका छन्। गभर्नरको निर्देशनमा बैंकर्स संघले ब्याज दरमा भद्र सहमति गरे लगत्तै शुक्रबारसम्ममा केही बैंकहरुले ब्याजदर घटाएको हो। नेपाल राष्ट्र बैंकको हस्तक्षेपपछि बैंकहरु ब्याजदर घटाउनको लागि सहमति भएका हुन्।

युट्युबमा चम्कँदै दीपकको ‘मनमगन’

ओ अमिरा..., मायाको डोरीले..., अँध्यारोमा आउँछौ तिमी..., फर्केर आउने छैन... बोलका गीतले दीपक बज्राचार्य नेपाली संगीतको शिखरमा पुगे। ५० र साठीको दशकमा यी गीतले धेरै पपगीतका पारखीको मन जितेका थिए । यी गीतहरूका क्यासेट रिलिज हुन्थे। 

भारतीय गायक गजेन्द्र बर्मा नेपाल आउँदै

चर्चित भारतीय गायक गजेन्द्र बर्मा नेपाल आउने भएका छन्। क्रिसमस इभ अर्थात डिसेम्बर २४ मा काठमाडौंको क्लब डेजाभूमा हुने कार्यक्रम गजेन्द्र वर्मा लाइभ इन नेपालमा सहभागी हुन सोमबार उनी नेपाल आउन लागेका हुन्। ‘तेरा घाटा’ गीत गाएर चर्चामा आएकार वर्मालाई मेड्ली इभेण्ड र डार्क हर्स इभेन्टको संयुक्त आयोजनामा नेपाल ल्याउन लागिएको हो।

ललितपुर र भैरहवाबीचको फाइनल खेल शनिबार मध्यान्हबाट

एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेटको उपाधिका लागि शनिबार ललितपुर प्याट्रियट्स र भैरहवा ग्लाडीयटर्सबीच भिडन्त हुँदै छ। त्रिवि क्रिकेट मैदानमा खेल दिउँसो १२:३० बजेबाट सुरु हुँदै छ। भैरहवा गत सिजनको उपविजेता टोली हो भने ललितपुर पहिलो पटक फाइनल पुगेका हो। 

विग ब्यासको डेब्यु खेलमा सन्दीपको दुई विकेट (भिडियो)

विश्व चर्चित अस्ट्रेलियाको विग ब्यास लिगमा नेपाली राष्ट्रिय टोलीका युवा लेग ब्रेक स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन्। डेब्यू खेलमा नै सन्दिपले लोभलाग्दो प्रर्दशन गर्दै दुई विकेट लिए। मेलवर्न स्टारबाट डेब्यू गर्दै मैदानमा उत्रिएका सन्दीपले सिड्नी थन्डरबीरुद्ध अमफ्नो पहिलो खेल खेलेका हुन्। 

हाडनातासँग बिहे गर्दा लुटिएको खुसी 

रुबा र साकिब सन्तान सुखबाट वञ्चित पाकिस्तानी दम्पती हुन् । सन्तान नजन्मिएर उनीहरू दुःखी बनेका होइनन्। अभिभावकले हाडनातासँग विवाह गरिदिएकै कारण जिनमा देखिएको समस्याले स्वस्थ बच्चा नजन्मिँदा उनीहरूको खुसी लुटिएको हो ।

ट्रमलाई अर्को झड्का, अमेरिकी रक्षा मन्त्रीले दिए राजिनामा

संयुक्त राज्‍य अमेरिकाका रक्षा मन्त्री जेम्‍स म्‍याटिसले पदबाट राजिनामा दिएका छन्। उनले अहिले राजिनामा दिएपनि आगामी फ्रेबुअरीमा ह्‍वाइट हाउस छोड्‍ने बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट अमेरिकी फौज फर्काउने घोषणा गरेको भोलि पल्टै अकस्मात् जनरल म्याटिसको राजिनामाको घोषणा गरेका हुन्। 

श्रीलंकामा मन्त्रीपरिषद् पुर्नगठन, एकैपट ३० मन्त्री नियुक्त 

श्रीलंकाका राष्ट्रपति मैत्रिपाला  सिरिसेनाले मन्त्रीपरिषद् पुर्नगठन गरेका छन् । बिहीबार तीस जनालाई मन्त्रीको रूपमा नियुक्त गर्दै मन्त्रीपरिषद् पुर्नगठन गरेका हुन्।
प्रधानमन्त्री रनिल विक्रमासिङ्घेसँगको सात हप्ता लामो संघर्षपछि राष्ट्रपति सिरिसेनाले मन्त्रीहरू नियुक्त गरेका हुन् । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।