सोमबार, पुस ७, २०८२
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • शेफर्ड कलेजका विद्यार्थीको सर्ट फिल्म 'म कमरेड' ले पायो चलचित्र विकास बोर्डबाट पुरस्कार

शेफर्ड कलेजका विद्यार्थीको सर्ट फिल्म 'म कमरेड' ले पायो चलचित्र विकास बोर्डबाट पुरस्कार

 |  बुधबार, असार १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार १९, २०८१

काठमाडौं- शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीका विद्यार्थीले तयार पारेको सर्ट फिल्म 'म कमरेड' ले चलचित्र विकास बोर्डबाट पुरस्कार प्राप्त गरेको छ। 

National life

निर्मल पौडेलको लेखन तथा निर्देशन रहेको 'म कमरेड' ले चलचित्र विकास बोर्डको २४ औं वार्षिकोत्सवको अवसरमा पुरस्कार प्राप्त गरेको हो।

लघु चलचित्र प्रतियोगिता अन्तर्गत आफ्नो सर्ट फिल्म पुरस्कृत भएको पौडेलले जानकारी दिए। प्रतियोगितामा 'म कमरेड' ले तेस्रो स्थान हासिल गर्न सफल भएको थियो। 

बोर्डको २४ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पुरस्कार वितरण गरेकी थिइन्। विश्वका बिभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छ्नोट र प्रदर्शन भएको 'म कमरेड' शेफर्ड कलेजमा मिडिया टेक्नोलोजीमा मास्टर्स गरिरहेका विद्यार्थी पौडेलले बनाएका हुन्।

काफीया मिडिया र निर्मल पिक्चरको ब्यानरमा बनेको 'म कमरेड' लघु चलचित्रको निर्मातामा रिता पौडेल, गणेश कन्चन भारती र धिरेन चन्द रहेका छन्। 

Laxmi sunrise bank
kumari

पूर्ब लडाकुको कथा बोल्ने यस सर्ट फिल्मको छायांकन सुर्खेतमा गरिएको हो। यसका मुख्य कलाकारहरुमा सुरबिना कार्की, प्रेमदेव गिरी, रियल बिक्रम आदि रहेका छन्। 

प्रतिष्ठित फिल्म फेस्टिबल सिकागो साउथ एसियन फिल्म फेस्टिबल, ढाका फिल्म फेस्टिबल लगायत फिल्म फेस्टिबलमा छ्नोट र प्रदर्शन भएको 'म कमरेड' ले नेपाल सरकार चलचित्र बिकास बोर्डबाट पुरस्कार पाएपछि आफूलाई थप फिल्म बनाउन हौसला प्रदान गरेको पौडेलले बताए। पुरस्कारमा ७५ हजार नगद समेत रहेको छ।

प्रकाशित: Jul 03, 2024| 12:21 बुधबार, असार १९, २०८१
प्रतिक्रिया दिनुहोस्