शुक्रबार, मंसिर १२, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • धार्मिक भेलामा १२१ जनाको ज्यान गएपछि जे देखियो [तस्बिरहरु]

धार्मिक भेलामा १२१ जनाको ज्यान गएपछि जे देखियो [तस्बिरहरु]

 |  बुधबार, असार १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार १९, २०८१

भारतको उत्तर प्रदेशमा मंगलबार एउटा धार्मिक भेलामा भएको भागदौडमा मृत्यु हुने मानिसको सङ्ख्या १२१ पुगेको छ।

National life

हाथरस जिल्लामा आयोजित एउटा सत्सङ कार्यक्रममा उक्त घटना भएको थियो। त्यसलाई भारतलाई एक दशकको अवधिमा भएको सबैभन्दा घातक भागदौड मानिएको छ।

समाचार संस्था रोएटर्सका अनुसार कार्यक्रममा दुई लाख ५० हजारभन्दा बढी मानिस सहभागी भएको प्रहरीले जनाएको छ। यद्यपि ८० हजार जनालाई मात्र सहभागी गराउन पाइने अनुमति आयोजकहरूसँग थियो।

मृतकमध्ये अधिकांश महिला छन्। रोएटर्सले मृतकमध्ये सात बालबालिका र एक पुरुष पनि भएको जनाएको छ। प्रहरीले कार्यक्रमका आयोजकबारे छानबिन थालेको छ।

केही अधिकारीहरूले कार्यक्रममा सहभागी भएका मानिसहरूले प्रवचनकर्ताको पाउको धुलो लिन खोज्दा भागदौड भएको जनाएका छन्। तर केहीले भने हुरीले धुलो फैलाउँदा कोलाहल मच्चिएको र भागदौड भएको बताएको रोएटर्सले जनाएको छ।

Laxmi sunrise bank
kumari

भिडमा च्यापिँदा केही मानिस बेहोस भएर ढलेपछि उनीहरूलाई अरू मानिसले कुल्चिन पुगेका थिए। प्रत्यक्षदर्शीहरूका अनुसार मानिसहरू भिरालो ठाउँमा लडेपछि पानी भएको खाडलमा खसेका थिए। 

indai-1719925894.jpg
 

प्रकाशित: Jul 03, 2024| 11:58 बुधबार, असार १९, २०८१
प्रतिक्रिया दिनुहोस्