सोमबार, साउन ११, २०८३

११ र १२ गते सामुदायिक विद्यालय बन्द हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- विज्ञापनको बहानामा सरकारले अस्थायी शिक्षकहरुलाई विस्थापित गर्न खोजेको भन्दै प्रदेश २ का शिक्षक संगठनहरु विरोधमा उतरेका छन्। शिक्षक सेवा आयोगले सम्झौताविपरित प्रश्न सोधेर अस्थायी शिक्षकहरुलाई विस्थापित गर्ने षडयन्त्र गरेको भन्दै संयुक्त शिक्षक संस्था विरोधमा उतरेको हो।

वर्षौदेखि काम गर्दै आइरहेका अस्थायी शिक्षकहरुलाई कुनै वहानामा विस्थापित गर्न नहुने भन्दै संयुक्त शिक्षक संस्थाले पुस ११ र १२ गते प्रदेश २ का सम्पूर्ण सामुदायिक विद्यालय ठप्प पार्ने घोषणा गरेको छ। 

प्रदेश २ का आठै जिल्लामा सक्रिय विभिन्न शिक्षक संगठनहरुको जनकपुरमा सम्पन्न अन्तरक्रियाबाट पहिलो चरणमा दुई दिन विद्यालय बन्द गर्ने निर्णय भएको नेपाल शिक्षक संघ धनुषाका अध्यक्ष रामस्नेही यादवले जानकारी दिए।

यसैगरी ९० दिन काम गरिसकेका व्यक्तिलाई जागिरबाट निकाल्न नपाइने अन्तर्राष्ट्रिय ट्रेड युनियन अस्थायी शिक्षकहरुलाई व्यवस्थापन गर्न आयोगले लिएको परीक्षाको परिणामसमेत आइसकेको छ । विज्ञापन उतीर्ण गरेका अस्थायी शिक्षकहरुलाई यथावत राख्दै अनुतीर्ण भएकाहरुलाई सरकारले गोल्डेन ह्याण्डसेक उपलब्ध गराउने निर्णय गरेको छ।

तर, शिक्षकहरुको संगठनले भने विज्ञापनको नाउँमा सरकारले आफूहरुलाई धोका दिएको आरोप लगाएका छन्। 

‘शिक्षकको तह अनुसार प्रश्नपत्र आउने सरकारले हामीसँग सम्झौता गरेको थियो,’ नेपाल शिक्षक संघ धनुषाका अध्यक्ष यादवले भने,‘तर,जाँच लिने बेला तह र स्तरभन्दा फरक प्रश्न सोधियो ।’ सरकारले अस्थायी शिक्षकलाई विस्थापित गर्न रचेको षडयन्त्र आफूहरुलाई स्वीकार्य नरहेको उनले बताए।

शिक्षक संघ धनुषाका अध्यक्ष यादवको अध्यक्षता र नेपाल शिक्षक महासंघका उपाध्यक्ष लालबाबु यादवको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा प्रदेश २ का विभिन्न शिक्षक बैनरका पदाधिकारीहरुको सहभागिता रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।