सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शैक्षिक भ्रमणको बस दुर्घटना : २२ जनाको मृत्यु, ५ घाइते (अपडेट)

शैक्षिक भ्रमणको बस दुर्घटना : २२ जनाको मृत्यु, ५ घाइते (अपडेट)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
लमही- सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको बा४ ख ९७६६ नम्बरको बस तुलसीपुर-सल्यान सडकखण्डको तुलसीपुर-३ राम्रीमा बिहीबार बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ। ५ जना घाइते भएका छन्। 

ज्यान गुमाएका २२ मध्ये ५ जनाको सनाखत भएको छ । जसमा बस चालक घोराही उपमहानगरपालिका वडा नं ३ का मदन केसी,  शहिद कृष्णसेन इच्छुक बहप्राविधिक शिक्षालयका शिक्षकहरू घोराही उपमहानगरपालिका– १७ का २८ वर्षीय प्रदीप घिमिरे र पूर्वी रुकुमको भुमे गाउँपालिकाका २८ वर्षीय नरेश वली रहेका छ्न ।

दुर्घटनामा परेर दाङको दंगीशरण गाउँपालिका– १ का  सञ्जित रत्गैया, घोराही उपमहानगरपालिका– १४ का २७ वर्षीय बिजय जीएमको ज्यान गएको छ । अन्यकाे सनाखत हुन नसकेकाे  प्रहरीले जनाएको छ । बसमा शिक्षालयका ३२ जना विद्यार्थी, २ जना शिक्षक र ३ जना बसका कर्मचारीसहित ३७ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।

यसै वर्षदेखि घोराहीमा सञ्चालित कृष्ण सेन इच्छुक पोलिटेक्निकल इन्स्टिच्युटका वनविज्ञान विषयका विद्यार्थी र शिक्षक सल्यानको छायाछेत्रमा वनस्पतिसम्बन्धी प्रयोगात्मक अभ्यासका लागि शुक्रबार बिहान गएका थिए । फर्कने क्रममा बस सडकबाट ७ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । 

प्रहरी सहायक निरीक्षक विष्णु श्रेष्ठका अनुसार घाइतेलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुर लगिएको छ। गम्भीर घाइते दुई जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।