शनिबार, भदौ ६, २०८३

मधेस प्रदेशमा बूढानीलकण्ठ स्कूलको शाखा स्थापना गर्न आग्रह

 |  मंगलबार, असार १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार १८, २०८१

काठमाडौं- मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंहले उक्त प्रदेशमा बूढानीलकण्ठ स्कूलको शाखा स्थापना गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई आग्रह गरेका छन्।

मुख्यमन्त्री सिंहले हालै शिक्षामन्त्री श्रेष्ठलाई त्यससम्बन्धी एक पत्र हस्तान्तरण गर्दै सो आग्रह गरेका हुन्। उक्त शाखा सञ्चालनका लागि सहिद परिवारका कम्तीमा एकजना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा अध्यापन गराउने प्रतिबद्धता जाहेर गर्दै ७५ वटा जिल्लाका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति, अर्ध छात्रवृत्ति र पूर्ण शुल्क गरी तीन किसिमका कम्तीमा ५० प्रतिशत छात्रा भर्ना गरी बालबालिकाको शिक्षा पाउने अधिकारलाई प्रत्याभूति गराउने कटिबद्धता रहने पत्रमा उल्लेख गरेका छन्।

प्रकाशित: Jul 02, 2024| 12:44 मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्