काठमाडौं- दाङको तुल्सीपुरबाट सल्यानतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।
बा ४ ख ९७६६ नम्बरको सहीद कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयको शुक्रबार बेलुका भएको दुर्घटनामा १० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलप्रसाद पाण्डेले पु्ष्टी गरेका छन्।
कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गर्दा शिक्षक तथा विद्यार्थी चढेको बस दुर्घटना भएको प्रहरीको भनाइ छ।
स्थानीयका अनुसार बस बाटोबाट करिब ५ सय मिटर तल खोल्सामा खसेको छ।
एसपी पाण्डेका अनुसार चार जनाको उद्धार गरी उपचारका लगाई पठाइएको छ। अहिले दाङ र सल्यानको प्रहरी, स्थानीय उद्धारमा खटिएका छन्। घटनाको थप विवरण आउन बाँकी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४