शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • २२ सिट क्षमताको विद्युतीय लक्जरी बस आउँदै, बुकिङ खुला

२२ सिट क्षमताको विद्युतीय लक्जरी बस आउँदै, बुकिङ खुला

 |  सोमबार, असार १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार १७, २०८१

काठमाडौं- शशिला मोटर्स प्रालिले भान्चे ब्राण्डको २२ सिट क्षमताको नयाँ विद्युतीय यात्रुबाहक बस नेपाल भित्र्याउने भएको छ।

कम्पनीले एक पटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने यो बसमा ४ सय एनएमको टर्क र १ सय ४० किलोवाटको पिक पावर रहेको बस नेपाल भित्र्याउने भएको हो।

सीएटीएल १ सय २३ किलोवाटको (Lithium Iron Phosphate) ब्याट्री जडान हुने यो बसमा पूर्ण रुपमा एयर कन्डिसन र सबैखाले सेफ्टी फिचर उपलब्ध हुनेछ भने लम्बाइ २५ फिट हुने कम्पनीले जनाएको छ। फराकिला सिट र पर्याप्त खाली ठाउँ हुने भएकाले लामो तथा छोटो दुरीमा संचालन गर्न यो बस यात्रु मैत्री हुने शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बताए।

१ सय २३ किलोवाटको ब्याट्री क्षमताको विद्युतीय गाडी नेपालमै पहिलो पटक ल्याउन लागिएको खतिवडाको दावी गर्दै उनले बस आइपुग्नु भन्दा पहिलो आवश्यक पार्टपुर्जा र सर्भिसिङ तथा मर्मत सबैको ब्यवस्था मिलाइने र बस संचालकलाई बिना झन्जट सेवा दिने पनि बताए। दशैंलाई लक्षित गरि ल्याउन लागिएको उक्त बसको बुकिङ भने अहिलेदेखि नै खुला भएको छ।

विगत दश बर्षदेखि ब्यवसायिक गाडीहरु विक्री वितरण गर्दै आएको शशिला मोटर्स प्रा.लि. पछिल्लो समय नेपालको लागि हाइगर विद्युतीय बसको आधिकारिक बिक्रेता रहेकोमा अब नेपालको लागि भान्चे ब्राण्डका सबै बस तथा भ्यानहरुको पनि आधिकारिक बिक्रेता बनेको छ। जुन स्प्रिन्टर डिजाइनको बस बनाउने चीनकै अग्रणी कम्पनी हो।

 

प्रकाशित: Jul 01, 2024| 16:13 सोमबार, असार १७, २०८१
प्रतिक्रिया दिनुहोस्