शनिबार, भदौ ६, २०८३

३५ हजारभन्दा बढीलाई ग्लोबल बैंकको वित्तीय साक्षरता

 |  सोमबार, असार १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार १७, २०८१

ग्लोबल आइएमई बैंकले दुई सय ३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रममा ३५ हजारभन्दा बढीको सहभागिता रहेको थियो।

बैंकको कोशी प्रदेशको कार्यक्रममा तीन हजार पाँच सय, मधेशमा दुई हजार दुई सय, बागमतीमा १५ हजार, गण्डकीमा पाँच हजार पाँच सय, लुम्बिनीमा ६ हजार, कर्णालीमा पाँच सय र सुदूरपश्चिममा दुई हजार पाँच सयभन्दा बढी लक्षित वर्गको सहभागिता रहेको थियो। बैंकले चालू आर्थिक वर्ष ०८०/८१ मा मुलुकका ७७ जिल्लामा रहेका आफ्ना शाखामार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिरहेको हो।

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बिमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरू, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ।

 

 

प्रकाशित: Jul 01, 2024| 13:01 सोमबार, असार १७, २०८१
प्रतिक्रिया दिनुहोस्