शनिबार, भदौ ६, २०८३

नेपाल युवा उद्यमी मञ्च काठमाडौंको अध्यक्षमा गोल्छा

 |  सोमबार, असार १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार १७, २०८१

नेपाल युवा उद्यमी मञ्च काठमाडौंको अध्यक्षमा अभिमन्यु गोल्छा निर्वाचित भएका छन्। मञ्चको काठमाडौं च्याप्टरको आइतबार सम्पन्न छैटौँ वार्षिक साधारणसभाले अध्यक्षमा गोल्छासहित कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो ।

नवनिर्वाचित अध्यक्ष गोल्छाले संगठनको उत्कृष्ट परम्परालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । मञ्चका नवनिर्वाचित पदाधिकारीले उद्यमशीलता प्रवद्र्धन गर्न, नेपालका युवा र महिलाका लागि अवसर सिर्जना गर्ने विषयमा आआफ्नो भूमिकालाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता जनाए ।

प्रार्थना साखःको अध्यक्षतामा भएको कार्यक्रममा युवा र महिला उद्यमशीलता प्रवद्र्धन गर्ने विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल युवा उद्यमी मञ्च स्टार्टअप अवार्ड, महिला उद्यमी सम्मान कार्यक्रम, नेपाल युवा उद्यमी मञ्च जुनियर उद्यमशीलता कार्यक्रम र विभिन्न नेटवर्किङ कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा मञ्चका पहिलो उपाध्यक्ष आप्पा शेर्पा, दोस्रो उपाध्यक्ष अनुभव श्रेष्ठ, कार्यसमिति सदस्यहरू क्षितिज तामाङ, इच्छा मल्ल, निर्दोष द्वा, सौरभ श्रेष्ठ, वेदिका मुरारका, सन्दीप शर्मा, सुरक्षा अधिकारी, सन्तोष पाण्डे र निखिल अग्रवाल सहभागी थिए ।

 

प्रकाशित: Jul 01, 2024| 12:59 सोमबार, असार १७, २०८१
प्रतिक्रिया दिनुहोस्