धनगढी- अछामको चौरपाटी गाउँपालिकाले उमेरै नपुगेको कर्मचारी भर्ना गरेको बिषयमा बिरोध गर्दा छापामार शैलीमा कांग्रेस कार्यकर्ता पक्राउ परेका छन।
पुस ४ गते उमेर नै नपुगी चौरपाटी गाउपालिकाले कर्मचारी भर्ना गरेको भन्दै नेपाली कांग्रेसले बिरोध गरेको थियो। सिएमए पदमा १८ बर्ष नै नपुगेको ब्याक्ति लाई आफ्नो कार्यकर्ताको रुपमा भर्ना गरेको भन्दै नेपाली कांग्रेस र नेविसंघका कार्यकर्ताहरुले गाउपालिकाको कार्यालयमा तालाबन्दि गरेका थिए।
नेपाल सरकारको जुनसुकै क्षेत्रमा जागीर गर्दा उमेर पुगेको हुनु पर्दछ। तर चौरपाटि गाउपालिकाले उमेरै नपुगेको कर्मचारी भर्ना गरी बिधि र पद्धतीको धज्जी उडाएको छ।
चौरपाटि गाउपालिकाका अध्यक्ष हर्क बहादुर साउद र निमीत्त प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापाले आफुहरुलाई अमानविय ब्यवहार गरेको भन्दै प्रहरी लाई उजुरी दिएका हुन । दिएको उजुरीको आधारमा ५ जनालाई पक्राउ गरीएको छ।
पक्राउ पर्नेमा नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ क्षेत्रीय सदस्य महेश खड्का, त्रिपुरासुन्दरी क्याम्पसका नेबीसंघ ईकाई सभापति खेमराज खड्का , शिबराज खत्री , नेपाली कांग्रेसको छाया सरकारका चौरपाटी गाउँपालिका सचिव ज्योतिसिंह बोगटी ,राम बहादुर खड्का रहेका छन्। उनीहरुलाई सार्वजनिक मुद्धा चलाईने अछाम प्रहरी प्रमुख जनक बहादुर शाहीले बताए।
कांग्रेसको ध्यानाकर्षण
प्रेस विज्ञप्ती
मिति २०७५।९।४ गतेका दिन चौरपाटी गाउँपालिकाले गरेको कर्मचारी भर्ना प्रक्रिया त्रुटी पुर्ण रहेको भन्दै शान्ती पुर्ण तरिकाले विरोध जनाएका नेपाली काँग्रेसका कार्यकर्ता तथा नेता ने.का.क्षेत्र नं. १ का सदस्य श्री महेश खड्का लगायत राम बहादुर खड्का, खेम राज खड्का, जोती सिंह वोगटी र शिब राज खत्री लाई चौरपाटी गा.पा. अध्यक्ष, कार्यकारी र अछाम प्रहारी प्रशासनको मिलेमतोमा झुट्टा मुद्दा वनाइ गैर कानुनी थुनामा राखेको बिषयमा नेपाली काँग्रेस अछामको गम्भिर ध्यानाकर्षण भएको छ।
यस घटनाले लोकतान्त्रीक व्यवस्थाको खिल्ली उडाएको मात्र नभई सरकार अधिनायक वाटोमा हिडेको प्रष्ट हुन्छ नेपाली काँग्रेस अछाम लोकतान्त्रीक माुल्य मान्यता विपरित जाने जुनसुकै शक्ती विरुद्ध र जनताका पक्षमा विगत देखि आन्दोलनरत भएको विषय जग जाहेर छ।
अछाममा अछाम प्रहरी प्रशासनले नेपाली काँग्रेसका आम कार्यकर्ता लाई मनोवल गिराउने किसिमका व्यवहार गर्दै आएको अनुभुती गर्दै नेपाली काग्रेस अछाम प्रहरी प्रशासनलाई स्वतन्त्र निष्पक्ष रहि कार्य गर्न समाजको शान्ती व्यवस्था वनाइ रहन आह्वान गर्दै चौरपाटी गा.पा.को विरोध गर्ने हाम्रा नेता तथा कार्यकर्तालाई अविलम्व २४ घण्टा भित्र रिहाइ गर्न माग गर्दछौं।
नेपाली काँग्रेस अछाम यस्ता घटनाको घोर निन्दा र भत्र्सना गर्दै गैर कानुनी तरिकाले थुनामा रहेका हरुको रिहाइृ नभएका खण्डमा थप कडा आन्दोलनका चरणहरुमा प्रवेष गर्ने छ। हाम्रो आन्दोलन वाट हुन जाने क्षतिको सम्पुर्ण जिम्मा चौरपाटी गा.पा.र अछाम प्रहरी प्रशासनको हुनेछ ।
जय नेपाल।
पार्टी उप–सभापती
चन्द्र प्रसाद ढुंगाना
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४