आइतबार, कात्तिक २२, २०८३

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

 |  आइतबार, असार १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार १६, २०८१

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

Machhapuchchhre

ईण्डियन आयल कर्पोरेशनबाट आइतबार प्राप्न नयाँ मूल्यमा वृद्धि भएपछि आयल निगमले पेट्रोलमा प्रतिलिटर २ तथा डिजे र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको नेपाल आयल निगमका प्रवक्ताले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

यससँगै नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६४.५०, दोस्रोमा १६६ र तेस्रो वर्गमा १६७ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलमा पहिलो वर्गमा १५४.५०, दोस्रोमा १५६ र तेस्रोमा १५७ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

तेस्रो वर्गमा राजधानी काठमाडौंलगायत पोखरा, दिपायल पर्दछन् । वृद्धि भएको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निमगले जनाएको छ ।

प्रकाशित: Jun 30, 2024| 21:12 आइतबार, असार १६, २०८१