काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार पेट्रोल लिटरमा २ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ बढाइएको हो। नयाँ मूल्य आइतबार मध्यरातदेखि लागू हुने बताइएको छ।
हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।