शनिबार, जेठ २४, २०८२

गठबन्धन र सरकार फेरिनु सामान्य प्रक्रिया हो: निधि

 |  आइतबार, असार १६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार १६, २०८१

vianetvianet

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले गठबन्धन र सरकार फेरबदल हुनु सामान्य प्रक्रिया भएको बताएका छन्। उनले कसैको पनि बहुमत नभएपछि नयाँ-नयाँ गठबन्धन भएर सरकार फेरिने प्रक्रिया भइरहने बताए।

‘अहिलेको अवस्थामा त बहुमत कसैको पनि नभएकाले गर्दा सरकार फेरिने भइहाल्छ,’ नेता निधिले आइतबार सुनसरीको इनरुवामा नेता गिरिजाप्रसाद कोइरालाको १०१ औं जन्म जयन्तीको अवसरमा भने।

उनले अब २०८४ मा बलियो भएर बहुमत ल्याएर स्थिर सरकार बनाउनुपर्नेमा जोड दिए। ‘कांग्रेस स्थापना कालदेखि नै गुट थियो, अहिले पनि छ,’ उनले भने, ‘अब गुटलाई न्यूनीकरण गर्दै प्रतिपक्षमा बसेर संगठन बलियो पारेर ८४ मा बलियो कांग्रेस बनाउन सबै लाग्नुपर्छ।’

उनी देशव्यापी रुपमा पार्टी बलियो बनाउनका लागि अभियान चलाई रहेका छन्। यही क्रममा सुनसरी आएका उनले ८४ का लागि अहिलेदेखि नै तयारी गर्नुपर्ने बताए।

उनले पार्टीमा विचार र सिद्धान्त छोड्यो भन्ने गुनासो कार्यकर्ताको रहेको बताउँदै विचार र सिद्धान्तलाई जोड्न सबैबीच एकता र सहकार्य हुनुपर्नेमा जोड दिए।

National life insurance

‘पार्टीलाई बलियो बनायो भने देश बलियो हुन्छ, देश बलियो भयो भने लोकतन्त्र बलियो बन्छ,’ नेता निधिले भने। उनले एकता र सहकार्यका लागि राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता, मिश्रित निर्वाचन प्रणाली, धर्म निरपेक्षता, अहिंसा र शान्ति सूत्र प्रयोग गर्नुपर्ने बताए। ‘राजनीति व्यक्ति केन्द्रित आधार नभई विचार केन्द्रित भएर गर्दा सफल भइनेछ,’ उनले भने।

प्रकाशित: Jun 30, 2024| 20:23 आइतबार, असार १६, २०८१
प्रतिक्रिया दिनुहोस्