शनिबार, भदौ ६, २०८३

विश्वकप जितेसँगै तीन भारतीय खेलाडीले लिए सन्न्यास

 |  आइतबार, असार १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार १६, २०८१

काठमाडौं- भारतीय क्रिकेट टोलीका अलराउण्डर रविन्द्र जडेजाले आईसीसी टी–२० विश्वकप २०२४ जितेसँगै सन्न्यासको घोषणा गरेका छन्।

भारतले शनिबार राति आईसीसी टी–२० विश्वकप फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको थियो।

विश्वकप जितेलगत्तै कप्तान रोहित शर्मा र ओपनर विराट कोहलीले टी–२० आईबाट सन्न्यासको घोषणा गरेका थिए। रवीन्द्र जडेजाले पनि टी–२० आईबाट सन्न्यासको घोषणा गरेका हुन्।

३५ वर्षीय जडेजाले ७४ टी–२० आई खेलमा ५४ विकेट लिनुको साथै ५१५ रन बनाएका छन्। उनले सन् २००९ मा श्रीलंकाविरुद्ध कोलोम्बोमा टी–२० आईमा डेब्यू गरेका थिए।

म टी–२० क्रिकेटलाई बिदाई गर्दछु। मैले मेरो देशलाई सधैं आफ्नो उत्कृष्ट योगदान दिएको छु। अन्य ढाँचा (टेष्ट र ओडीआई) को क्रिकेटलाई निरन्तरता दिनेछु, जडेजाले सामाजिक सञ्जालमा लेखेका छन्।
rohit-birat-1719711565.jpg
 

प्रकाशित: Jun 30, 2024| 18:55 आइतबार, असार १६, २०८१
प्रतिक्रिया दिनुहोस्