मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • कैलालीको सत्ती भन्सारले ११ महिनामा उठायो नौ करोड राजस्व

कैलालीको सत्ती भन्सारले ११ महिनामा उठायो नौ करोड राजस्व

 |  आइतबार, असार १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार १६, २०८१

लम्की- कैलालीको सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा नौ करोड ८० लाख ७८ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

National life

सत्ती भन्सार कार्यालयले चालु आवमा १२ करोड एक लाख ४७ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। अबको १५ दिनमा उक्त लक्ष्यमा पुग्न मुश्कील हुने देखिन्छ। गत वर्षको तुलनामा यस वर्ष राजस्व बढ्ने सत्ती भन्सार कार्यालयका प्रमुख दिनहरि सापकोटाले बताए।

गत आर्थिक वर्षमा सो भन्सार कार्यालयले १६ करोड ९४ लाख ४१ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। तर सो आवमा सात करोड ५० लाख ४० हजार रूपैयाँ मात्र राजस्व संकलन भएको प्रमुख सापकोटाले बताए। 'यस वर्ष हामी लक्ष्य प्राप्तिको नजिक पुगेका छौँ', उनले भने।

सत्ती भन्सार कार्यालयले प्रशासनिक सेवा शुल्कबाफत ६४ हजार रूपैयाँ, बेरुजुबाट एक लाख रूपैयाँ, एकलौटी फार्म तथा व्यक्तिगत आयमा लाग्ने करतर्फ ४१ हजार रूपैयाँ, अन्तःशुल्क आयातमा २३ लाख ११ हजार रूपैयाँ, भन्सार महसुल आयातमा पाँच करोड एक लाख रूपैयाँ, कृषि सुधार शुल्कमा एक लाख आठ हजार रूपैयाँ, भन्सारसम्बन्धी अन्य आयमा ६ लाख ३९ हजार रूपैयाँ, मूल्य अभिवृद्धि कर आयातमा चार करोड ४६  लाख ९७ हजार रूपैयाँ तथा हरित करबाट चार हजार रूपैयाँ राजस्व संकलनभएको प्रमुख सापकोटाले बताए।

सत्ती भन्सार भएर आयातको तुलनामा निर्यात शून्य रहेको छ। यसबाहेक जिल्लामा धनगढीस्थित त्रिनगर भन्सार कार्यालय रहेको छ। सो भन्सार भएर खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामग्री तेकुनियाँ भएर आयात गरिँदै आएको छ। खुला सीमाका कारण राजस्व संकलनमा समस्या भएको प्रमुख सापकोटाको भनाइ छ। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 30, 2024| 21:31 आइतबार, असार १६, २०८१
प्रतिक्रिया दिनुहोस्