शुक्रबार, भदौ ५, २०८३

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठक आज पनि बस्ने भएको छ। शनिबारदेखि सुरु भएको बैठक आज बिहान ११ बजे बस्ने भएको हो।
 |  आइतबार, साउन ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठक आज पनि बस्ने भएको छ। शनिबारदेखि सुरु भएको बैठक आज बिहान ११ बजे बस्ने भएको हो। 

शनिबारको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रस्ताव समूहगत छलफलका लागि पेस गरिएको थियो। विभिन्न ८ वटा समूहमा केन्द्रीय सदस्यहरूलाई छलफलका लागि विभाजन गरिएको थियो। 

आजको बैठकमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुने छ। शनिबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठ पृष्ठ लामो राजनीतिक तथा सांगठनिक प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्तावमा पुष ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको छ। बैठकले उक्त प्रस्ताव पारित गर्ने देखिएको छ। 

त्यस्तै विधान संशोधनको प्रस्ताव पनि पेश गरिएको छ। यसमा पनि केन्द्रीय सदस्यले सुझाव पेश गर्ने छन्। यसैबीच केन्द्रीय कमिटी बैठक अघि माओवादी केन्द्रको स्थायी कमिटी बैठक पनि बस्दै छ। 

बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा स्थायी कमिटी बैठक बस्न लागेको हो। उक्त बैठक मुख्यत आजको केन्द्रीय कमिटी बैठककै सन्दर्भमा केन्द्रित हुने बताइएको छ।

प्रकाशित: Aug 15, 2021| 06:46 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...