मंगलबार, असार १८, २०८१

विश्वकप जितेसँगै कप्तान रोहित र विराटले लिए सन्न्यास

 |  आइतबार, असार १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार १६, २०८१

भारतका दुई क्रिकेटर विराट कोहली र रोहित शर्माले टी २० अन्तर्राष्ट्रियबाट सन्न्यास घोषणा गरेका छन्।

triton college

हिजो भएको विश्वकप फाइनलमा भारतले उपाधि जितेसँगै उनीहरूले यो घोषणा गरेका हुन् ।

रोचक प्रतिस्पर्धामा भारतले दक्षिण अफ्रिकालाई सात रनले हराएको थियो । खेलमा कोहली म्यान अफ द म्याच भए। उनले ५९ बलमा ७६ रन बनाएका थिए ।

पोस्ट म्याच प्रिजेन्टेसनमा कोहलीले यो म्याच आफ्नो अन्तिम भएको घोषणा गरे । उपाधिका साथ टी २० अन्तर्राष्ट्रिय क्रिकेटबाट विश्राम लिन पाएकोमा उनले सन्तोष व्यक्त गरे। 

कोहलीलगत्तै रोहितले पनि सन्यास घोषणा गरेका छन् । उनी टी २० मा सर्वाधिक रन र सर्वाधिक शतक बनाउने खेलाडी हुन् । सन् २००७ देखि अहिलेसम्म भएका सबै टी २० विशणवकपमा उनले भारतका तर्फबाट सहभागिता जनाएका थिए । यो विश्वकपमा उनी भारतीय टिमका कप्तान पनि हुन्।

Metro Mart

प्रकाशित: Jun 30, 2024| 07:24 आइतबार, असार १६, २०८१
corrent noodlescorrent noodles
प्रतिक्रिया दिनुहोस्