आइतबार, मंसिर २८, २०८२

दोस्रोपटक टी-२० विश्वकप च्याम्पियन बन्यो भारत

 |  आइतबार, असार १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार १६, २०८१

काठमाडौं- टी-२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ। रोमाञ्चक फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले दोस्रो पटक टी-२० विश्वकपको उपाधि जितेको हो। 

National life

भारतविरुद्ध बलियो अवस्थामा रहेको दक्षिण अफ्रिका अन्तिम केही ओभर सम्हालिन नसक्दा भारत खेलमा फर्कदै च्याम्पियन बन्यो।

भारतले यसअघि २०११ मा एकदिवसीय विश्वकपको उपाधि जितेको थियो। टी-२० विश्वकपको भने भारतको यो दोस्रो उपाधि हो। यसअघि २००७ मा भारतले पाकिस्तानलाई हराएर च्याम्पियन बनेको थियो। जारी संस्करणमा भारत अपराजित रहँदै च्याम्पियन बन्यो।

फाइनल खेलमा भारतले  टस जितेर पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिकालाई १ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा दक्षिण अफ्रिका निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन मात्र बनाउन सक्यो।

दक्षिण अफ्रिकाका लागि २७ बलमा ५२ रनको इनिङ खेले। उनी बाहेक क्विन्टन डिककले ३९ रन बनाउँदा ट्रिस्टन स्टब्सले ३१ रन र डेभिड मिलरले २१ रन बनाए। भारतका लागि हार्दीक पाण्ड्याले ३ विकेट लिंदा अर्सदीप सिंह र जसप्रित बुमराहले समान २-२ विकेट लिए। त्यस्तै अक्षर पटेलले १ विकेट लिए।

Laxmi sunrise bank
kumari

टस जितेर पहिले ब्याटिङ गरेको भारतले टी-२० फाइनलकै उच्च स्कोर १७६ रन बनायो। यसअघि २०२१ मा न्युजिल्यान्डले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याउँदै अस्ट्रेलियाले बनाएको १ सय ७३ रन फाइनलको उच्च स्कोरको रुपमा रहेको थियो।

भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७६ रन बनायो। ओपनर विराट कोहलीले जारी विश्वकपकै उत्कृष्ट इनिङ खेले। उनले ५९ बलमा ६ चौका र २ छक्काको सहयोगमा ७६ रन बनाए। उनी प्लेयर अफ द फाइनल समेत बने।

त्यस्तै अक्षर पटेलले ४७ रन बनाउँदा शिवम् दुवेले २७ रन बनाए। दक्षिण अफ्रिकाका लागि केशर महाराज र एनरिच नोर्तेजले २-२ विकेट लिए। त्यस्तै मार्को जनसेन, कागिसो रबडाले १-१ विकेट लिए।

प्रकाशित: Jun 30, 2024| 07:19 आइतबार, असार १६, २०८१
प्रतिक्रिया दिनुहोस्