मंगलबार, पुस ८, २०८२

बालकोटमा देउवा र ओलीबीच तीन घण्टा छलफल

 |  शनिबार, असार १५, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असार १५, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार करिब तीन घण्टा छलफल भएको छ।

भक्तपुरको बालकोटस्थित ओलीको निवासमा भेटवार्ता भएको हो। छलफलमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी देउवा पत्नी आरजु राणा पनि सहभागी थिइन्। देउवा र ओलीबीच समसामयिक राजनीतिक घटनाक्रम लगायतका विभिन्न विषयमा छलफल भएको बताइएको छ।

सत्ता साझेदार दलहरुबीच खटपट सुरु भएको विवरणहरु सार्वजनिक भइरहेका बेला यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
 

प्रकाशित: Jun 29, 2024| 20:19 शनिबार, असार १५, २०८१
प्रतिक्रिया दिनुहोस्