मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सरकार जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन प्रतिबद्ध छ : मन्त्री राई

सरकार जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन प्रतिबद्ध छ : मन्त्री राई

 |  शुक्रबार, असार १४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १४, २०८१

मोरङ- खानेपानी मन्त्री राजेन्द्रकुमार राईले सरकार जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएका छन्।

National life

नेपाल खानेपानी संस्थानले निर्माण गर्न लागको ‘विराटनगर खानेपानी सुधार आयोजना’को आज यहाँ शिलान्यास गर्दै मन्त्री राईले पिठ्यू र डोकोमा पानीको गाग्री बोक्नुपरेको समस्या अन्त्य गर्न मन्त्रालय लागिपरेको बताए।

सरकारले अघि सारेको सबै नेपाली जनतालाई ‘एक घर, एक धारा’ नीति सफल बनाउन सङ्घ, प्रदेश र स्थानीय तहले काम सुरु गरेको बर्ता। जापान सरकारले नेपाली जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन सहयोग उपलब्ध गराएकामा मन्त्री राईले धन्यवाद दिए।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, कोशी प्रदेशसभा सदस्य गयानन्द मण्डल, विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्की, नेपालस्थित जापानी राजदूतावासका ताकाहिरोतामुरा र जाइका नेपाल कार्यालयका अकिमिक्सु ओकुबोले आ–आफ्नो धारणा राखेका थिए।

आगामी सन् २०२६ मा सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढाइएको सो आयोजनाबाट झण्डै एक लाख नगरवासीमा खानेपानीको सुविधा पुग्ने संस्थानका महाशाखा प्रमुख कमल थापाले जानकारी दिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 28, 2024| 21:09 शुक्रबार, असार १४, २०८१
प्रतिक्रिया दिनुहोस्