मंगलबार, पुस ८, २०८२

चट्याङ लागेर सर्लाहीमा एक महिलाको मृत्यु

 |  शुक्रबार, असार १४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १४, २०८१

National life
Laxmi sunrise bank
kumari

सर्लाही- सर्लाहीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। चट्याङ लागेर गम्भीर घाइते भएकी बागमती नगरपालिका–१ की ६४ वर्षीया गोमा आले मगरको उपचारका क्रममा मृत्यु भएको हो।

आज बिहान आफ्नै खेतमा काम गरिरहेको अवस्थामा मगर चट्याङ लागेर घाइते भएकी थिइन्। उनको उपचारका क्रममा पर्साको वीरगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।  

यसैबीच, चट्याङबाट लालबन्दी नगरपालिका–१७  गैरी टोलका मङ्गल कामीको घरमा क्षति पुगेको छ। यस्तै बुधबार परेको चट्याङबाट ईश्वरपुर नगरपालिका–१३ र १६ का ६ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 28, 2024| 18:29 शुक्रबार, असार १४, २०८१
प्रतिक्रिया दिनुहोस्