काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कांग्रेस र एमालेका जनप्रतिनिधिले बीपी कोइराला र मदन भण्डारीका नाममा करोडौंका कार्यक्रम गर्न भनेको तर आफूले चार शहिदको नाम प्रस्ताव गरेको बताएका छन्।
उनले फेसबुकमा भनेका छन्-
एमाले, कांग्रेसले बीपी कोइराला, मदन भण्डारीको नाममा करोडौंको कार्यक्रम गरौं भन्नुभयो। मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठको नाममा गरौं भनें । सायद कांग्रेस, एमालेलाई नेपालको क्रान्तिमा उहाँहरुभन्दा धेरै कांग्रेस, एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला । त्यसपछि आज बस्ने नगरसभा बैठक रोकेर जानुभयो।