आइतबार, मंसिर २८, २०८२

विमानस्थल टर्मिनल भवनको छत खस्दा ६ जना घाइते

 |  शुक्रबार, असार १४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १४, २०८१

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत खसेको छ।

National life

शुक्रबार बिहान परेको भीषण वर्षाका कारण भवनको छाना खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार छत भत्किँदा ६ जना घाइते भएका छन्। भवनको छत सवारीसाधन र ट्याक्सीमाथि खसेको थियो। घरको छानाबाहेक सपोर्ट बिम पनि खसेकाले यात्रु ओसारपसार गर्ने सवारीसाधन दुर्घटनामा परेका छन्।

घटनाका कारण टर्मिनल १ बाट हुने सबै उडान अस्थायी रूपमा रोकिएका र चेक इन काउन्टरहरू बन्द गरिएको समाचारमा उल्लेख छ।

प्रकाशित: Jun 28, 2024| 11:27 शुक्रबार, असार १४, २०८१
प्रतिक्रिया दिनुहोस्