मंगलबार, पुस ८, २०८२

मनसुनी झरीले रुझ्यो काठमाडौं, कस्तो छ अन्तको अवस्था ?

 |  शुक्रबार, असार १४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १४, २०८१

काठमाडौं उपत्यकामा बिहीबार रातिबाट वर्षा भएको छ। मनसुन सक्रिय भएसँगै उपत्यकामा अधिकांश स्थानमा वर्षा भएको हो।

National life

काठमाडौंबाहिर पनि वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ। कोशी, बागमती गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

Laxmi sunrise bank
kumari

आज राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू साथै बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले अनुरोध गरेरको छ।

प्रकाशित: Jun 28, 2024| 07:22 शुक्रबार, असार १४, २०८१
प्रतिक्रिया दिनुहोस्