सोमबार, चैत ३०, २०८२

टी-२० विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिकाको भिडन्त

 |  शुक्रबार, असार १४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १४, २०८१

काठमाडौं- वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी-२० विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्ने भएका छन्। फाइनल खेल शनिबार हुनेछ।

National life

बिहीबार राति भएको सेमिफाइनलमा भारतले इङ्ल्यान्डलाई ६८ रनले हराएसँगै उसले दक्षिण अफ्रिकासँगको भेट पक्का भएको हो। १७२ रनको लक्ष्य पाएको इङ्ल्यान्ड १६.४ ओभरमा १०३ रनमा अलआउट भएको थियो। भारतका अक्सर पटेल र कुलदीप यादवले ३/३ तथा जसप्रित बुमराहले २ विकेट लिए ।

इङ्ल्यान्डका लागि ह्यारि ब्रुकले २५, जोस बटलरले २३ र जोफ्रा आर्चरले २१ रन बनाए । फिल साल्टले ५, मोइन अलीले ८ र साम करनले २ रन बनाए भने जोनी बेयरस्टले खाता खोल्न सकेनन् । लायम लिभिङ्स्टनले पनि १ रन मात्र जोड्न सके ।

टस हारेपछि ब्याटिङको जिम्मा पाएको भारतले २० ‌ओभरमा ७ विकेट गुमाएर १७१ रन जोडेको थियो । कप्तान रोहित शर्माले ५७ र सूर्यकुमार यादवले ४७ रन बनाए । हार्दिक पान्ड्याले २३, रविन्द्र जडेजाले १७ र अक्सर पटेलले १० रन जोडे ।

पहिलो सेमिफाइनलमा बिहीबार बिहान अफगानिस्तानलाई ९ विकेटले हराएर दक्षिण अफ्रिकाले फाइनलमा स्थान बनाएको थियो । दक्षिण अफ्रिका पहिलोपटक फाइनल पुगेको हो भने भारत सन् २००७ मा आयोजित पहिलो संस्करणको विजेता हो। 

kumari

प्रकाशित: Jun 28, 2024| 07:12 शुक्रबार, असार १४, २०८१
प्रतिक्रिया दिनुहोस्