शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • महामन्त्रीको प्रतिवेदनबारे छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

महामन्त्रीको प्रतिवेदनबारे छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

 |  बिहीबार, असार १३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असार १३, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकालले तयार पारेको समीक्षा प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी कार्यालय चमतिमा १९ असारका लागि बैठक डाकिएकव हो।

बैठकको एजेण्डामा महामन्त्रीको समीक्षा प्रतिवेदनमाथि छलफल र विविध गरी दुई वटा राखिएको छ। महामन्त्री ढकालले देशव्यापी भ्रमण गरेर तयार पारेको समीक्षा प्रतिवेदन बुधबार सभापति रवि लामिछानेलाई बुझाएका थिए।

उनले पार्टीमा विभिन्न समस्या देखिएको भन्दै बेलैमा उपचार नगरे २०८४ को चुनावमा राष्ट्रिय पार्टी बन्न पनि नसक्ने निश्कर्ष निकालेको विवरणहरु सार्वजनिक भइरहेका छन् ।

प्रकाशित: Jun 27, 2024| 21:58 बिहीबार, असार १३, २०८१
प्रतिक्रिया दिनुहोस्