मंगलबार, कात्तिक १८, २०८२

टस जितेर भारतविरुद्ध फिल्डिङ गर्दै इंग्ल्याण्ड

 |  बिहीबार, असार १३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असार १३, २०८१

आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा इङ्ग्ल्यान्डले टस जितेर पहिला फिल्डिङ रोजेको छ।

Kumaribank

प्रोभिडेन्स स्टेडियम गुयानामा इङ्ग्ल्यान्डका कप्तान जोस बटलरले टस जितेर भारतलाई पहिला ब्याटिङको निम्तो दिएका हुन्। यस अघि नेपाली समयअनुसार राति ८:१५ बजेदेखि खेल सुरु हुने तालिका रहेपनि वर्षा बाधक बन्दा समयमै टस हुन सकेको थिएन।

रोहित शर्माको कप्तानीमा रहेको भारत जारी सिजनमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो भने जोस बटलरको कप्तानीमा रहेको इङ्ग्ल्यान्ड समूह चरण र सुपर ८ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो। आजको खेलमा जित निकाल्ने टिमले उपाधिका निम्ति दक्षिण अफ्रिकाविरुद्ध खेल्ने छ।

यसअघि दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा अफगानिस्तानविरुद्ध नौ विकेटको जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो।

प्रकाशित: Jun 27, 2024| 21:19 बिहीबार, असार १३, २०८१
प्रतिक्रिया दिनुहोस्