आईसीसी टी–२० क्रिकेट विश्वकपको दोस्रो सेमिफाइनल अन्तर्गत भारत र इंग्ल्यान्डबीचको खेल निर्धारित समयमा नहुने निश्चित भएको छ।
वर्षाका कारण मैदानमा पानी ओभाउन बाँकी रहेकाले टसमा ढिलाइ भएको हो। टस हुन नसकेपछि खेल पनि निर्धारित समय अर्थात् अहिले साँझ ८:१५ मा शुरू हुन नसकेको हो।
वर्षाका कारण खेल हुन नसकेको खण्डमा भारत फाइनल प्रवेश गर्नेछ। भारतले सुपर ८ चरणमा समूहको शीर्ष स्थान हासिल गरेकाले उ समूह उपविजेता बनेको इंग्ल्यान्डभन्दा अघि छ।