काठमाडौं – ‘नेपाल आइडल सिजन– २’ को ‘ग्राण्ड फिनाले’ आज हुने भएको छ। नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकमा शुक्रबार बेलुका ६ बजेबाट हुने ‘ग्राण्ड फिनाले’मा चार जना प्रतिस्पर्धिले आआफ्नो प्रस्तुति दिने छन्।
फाइनलमा पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा कञ्चनपुरका रवि ओड भिड्नेछन्। चार प्रतिस्पर्धि मध्येबाट एक हप्ताको अवधिमा जसले सबैभन्दा बढी भोट पाउने छ उनै ‘नेपाल आइडल–२’ को विजेता हुने छ।
‘नेपाल आइडल–२’ का विजेताले २० लाख नगद, एउटा होन्डा डब्लुआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वर्ल्ड टुर अथवा ५० लाख नगद, एउटा एल्बमको सम्झौता र वर्ल्ड टुरमध्ये एक रोज्न पाउनेछन्।
नेपाल आइडलका निर्णायकमा न्यु बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी छन्। कार्यक्रम प्रस्तोतामा आसिफ शाह र रिमा विश्वकर्मा रहेका छन्। नेपाल आइडलको लाइभ एपी वान टेलिभिजन र एपी वानको रेस्पेक्ट एण्ड राइज पेजबाट हेर्न सकिनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४