शनिबार, जेठ २४, २०८२

अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका विश्वकपको फाइनलमा

 |  बिहीबार, असार १३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार १३, २०८१

vianetvianet

काठमाडौँ- अफगानिस्तानलाई ९ विकेटले हराएसँगै आईसीसी टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिका फाइनल पुगेको छ।

सोमबार भएको पहिलो सेमिफाइनलमा जित निकाल्दै दक्षिण अफिका पहिलो पटक फाइनलमा पुगेको हो।

५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो। रिजा हेन्डिक्स २५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे। एडेन माक्ररम २१ बलमा ४ चौकासहित २३ रनमा नट आउट रहे।

ओपनर क्विन्टन डि कक तीव्र गतिका बलर फजलहक फारुकीको बलमा ५ रनमै बोल्ड भएका थिए। त्यसपछि दोस्रो विकेटका लागि माक्ररम र रिजाले ४३ बलमा ५५ रनको साझेदारी गर्दै फाइनलमा स्थान पक्का गराए।

दोस्रो सेमिफाइनलमा आज राति इंग्ल्यान्ड र भारतबीच प्रतिस्पर्धा हुँदैछ। फाइनल शनिबार हुनेछ।

National life insurance

प्रकाशित: Jun 27, 2024| 09:07 बिहीबार, असार १३, २०८१
प्रतिक्रिया दिनुहोस्