सोमबार, चैत ३०, २०८२

अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका विश्वकपको फाइनलमा

 |  बिहीबार, असार १३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असार १३, २०८१

काठमाडौँ- अफगानिस्तानलाई ९ विकेटले हराएसँगै आईसीसी टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिका फाइनल पुगेको छ।

National life

सोमबार भएको पहिलो सेमिफाइनलमा जित निकाल्दै दक्षिण अफिका पहिलो पटक फाइनलमा पुगेको हो।

५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो। रिजा हेन्डिक्स २५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे। एडेन माक्ररम २१ बलमा ४ चौकासहित २३ रनमा नट आउट रहे।

ओपनर क्विन्टन डि कक तीव्र गतिका बलर फजलहक फारुकीको बलमा ५ रनमै बोल्ड भएका थिए। त्यसपछि दोस्रो विकेटका लागि माक्ररम र रिजाले ४३ बलमा ५५ रनको साझेदारी गर्दै फाइनलमा स्थान पक्का गराए।

दोस्रो सेमिफाइनलमा आज राति इंग्ल्यान्ड र भारतबीच प्रतिस्पर्धा हुँदैछ। फाइनल शनिबार हुनेछ।

kumari

प्रकाशित: Jun 27, 2024| 09:07 बिहीबार, असार १३, २०८१
प्रतिक्रिया दिनुहोस्