शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकप फाइनल प्रवेशका लागि दक्षिण अफ्रिकालाई अफगानिस्तानको झिनो लक्ष्य

विश्वकप फाइनल प्रवेशका लागि दक्षिण अफ्रिकालाई अफगानिस्तानको झिनो लक्ष्य

 |  बिहीबार, असार १३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असार १३, २०८१

काठमाडौं- न्युजिल्यान्ड, अस्ट्रेलिया र बंगलादेशलाई हराउँदै इतिहास रचेको अफगानिस्तानले ट्वान्टी-२० विश्वकपको सेमिफाइनलमा भने दक्षिण अफ्रिकाविरुद्ध कमजोर ब्याटिङ गरेको छ।

बिहीबार ट्रिनिडाडस्थित ब्रायन लारा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ११.५ ओभरमै अलआउट हुँदै ५६ रनमात्र जोड्न सक्यो।

दक्षिण अफ्रिकाका लागि मार्को ज्यान्सन र तबरेज शाम्सीले ३/३ विकेट लिए। त्यस्तै कागिसो रबडा र एनरिच नोर्ट्जेले २/२ विकेट लिए। अर्को सेमिफाइनल बिहीबार बेलुका भारत र इंग्ल्यान्डबीच हुँदैछ। 

प्रकाशित: Jun 27, 2024| 07:33 बिहीबार, असार १३, २०८१
प्रतिक्रिया दिनुहोस्