शुक्रबार, जेठ १, २०८३

भारतीय गायक गजेन्द्र बर्मा नेपाल आउँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – चर्चित भारतीय गायक गजेन्द्र बर्मा नेपाल आउने भएका छन्। क्रिसमस इभ अर्थात डिसेम्बर २४ मा काठमाडौंको क्लब डेजाभूमा हुने कार्यक्रम गजेन्द्र वर्मा लाइभ इन नेपालमा सहभागी हुन सोमबार उनी नेपाल आउन लागेका हुन्। 

‘तेरा घाटा’ गीत गाएर चर्चामा आएकार वर्मालाई मेड्ली इभेण्ड र डार्क हर्स इभेन्टको संयुक्त आयोजनामा नेपाल ल्याउन लागिएको हो। गायक वर्माका तुने मेरे जाना, मे तेरा ही रहु, मेरा जहाँ–जहाँ लगायतका गीत चर्चित छन्। 

गायक वर्माले भिडियो सन्देश पठाउँदै आफू नेपाल आउन लाग्दा खुशी लागेको बताएको आयोजकले जानकारी दिएको छ। उनले कार्यक्रममा आफ्ना चर्चित गीत गायर दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने छन्। उनी काठमाडौंमा प्रस्तुती सकेर धरान जाने कार्यक्रम रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्