मंगलबार, पुस ८, २०८२

घनश्यामलाई समर्थन गर्दै झलनाथले छोडे पार्टी अध्यक्षको दाबी

 |  बुधबार, असार १२, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार १२, २०८१

काठमाडौं- नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्वमा महासचिव घनश्याम भुसाललाई अगाडि बढाउन पूर्वप्रधानमन्त्री झलनाथ खनाल सहमत भएका छन्। आफैं पार्टी अध्यक्षको उम्मेदवार बन्ने सार्वजनिक गरेका खनाल भुसाललाई समर्थन गर्दै पछि हटेका हुन्।

National life

बुधबार बिहान आफ्नो निवास डल्लु आएका भुसाललाई पार्टी अध्यक्ष बन्न साथ दिने खनालले सहमति दिएको भेटमा सहभागी एक नेताले बताए। सहमतिअनुसार यही १६ असारदेखि काठमाडौंमा सुरु हुने दशौं राष्ट्रिय महाधिवेशनमा भुसाल पार्टी अध्यक्षको उम्मेदवार हुनेछन्।

अध्यक्षका अर्का आकांक्षी माधवकुमार नेपालसँग छलफल गरेर सर्वसम्मत अध्यक्षको प्रयास गरिने भुसाल निकट नेताहरुको भनाइ छ। हालका अध्यक्ष नेपाल तृत्वमा निरन्तर रहन प्रयत्न गरिरहेका छन्।

महाधिवेशनमा १८ सय प्रतिनिधि सहभागी हुँदैछन्। एमालेबाट छुट्टिएपछि पार्टीको पहिलोपटक महाधिवेशन हुन लागेको हो।

प्रकाशित: Jun 26, 2024| 15:58 बुधबार, असार १२, २०८१
प्रतिक्रिया दिनुहोस्