सोमबार, जेठ १९, २०८२

नेपाल आइडल करण परियारलाई गितारसहित प्रधानमन्त्रीको बधाई

 |  बुधबार, असार १२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार १२, २०८१

vianetvianet

काठमाडौँ- नेपाल आइडल पाँचौं सिजनका विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार बोलाएर बधाई दिएका छन्।

आज बिहान प्रधानमन्त्रीको निमन्त्रणा स्वीकार्दै परियार बालुवाटार पुगेका हुन्।

प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई गितार उपहार दिएका थिए। बधाई ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र संगीतका खास इभेन्ट आफूले हेर्ने गरेको बताए। 

सो अवसरमा प्रधानमन्त्रीले बधाई दिँदै परियारको सांगीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहनत गर्ने विश्वास व्यक्त गरे।
 

प्रकाशित: Jun 26, 2024| 08:40 बुधबार, असार १२, २०८१
प्रतिक्रिया दिनुहोस्