मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • भ्रातृ संस्थाको महाधिवेशन समयमा गर्न नसके पद छोडेर घर जानू: महामन्त्री थापा

भ्रातृ संस्थाको महाधिवेशन समयमा गर्न नसके पद छोडेर घर जानू: महामन्त्री थापा

 |  मंगलबार, असार ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार ११, २०८१

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका भ्रातृ संस्थालाई महाधिवेशन गर्न र नगरे पद छोडेर घर जान आग्रह गरेका छन्।

National life

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले गत माघमा सम्पन्न महासमिति बैठकले यही असार १५ गतेसम्म सबै भ्रातृ संस्थाको महाधिवेशन गरिसक्ने अवधि तोकेको स्मरण गराए। महासङ्घको प्रथम महाधिवेशनले सबै भ्रातृ संस्थालाई महाधिवेशन गर्न सन्देश दिएको उनको भनाइ थियो। 

महासङ्घले गुट, उपगुटबाट मुक्त भएर महाधिवेशन गर्नुपर्ने उल्लेख गर्दै उनले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न र नसके स्वस्थ रुपमा लोकतान्त्रिक अभ्यास गर्नुपर्नेमा जोड दिए। असारभित्र पार्टी केन्द्रीय समितिको बैठक बसी महासमितिका प्रतिवेदन टुङ्ग्याउने र विधान संशोधनको काम अघि बढ्ने महामन्त्री थापाले बताए।

“यो संसद्को बाँकी अवधि कांग्रेसले सत्तातिर हेर्नुहुँदैन, पार्टी निर्माणमा लाग्नुपर्छ, २०८४ को निर्वाचनमा २०४८ जस्तै ४० प्रतिशत मतसहित बहुमत ल्याउने गरी लागौँ, एक सय ६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये एक सय क्षेत्र जित्ने गरी लागौँ”, उनले भने।

पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले विधानले तोकेको अवधि विसं २०८२ मै कांग्रेसको महाधिवेशन हुने बताउनुहुँदै त्यसैको तयारीका रुपमा भ्रातृ संस्थाको महाधिवेशन सुरु भएको जानकारी दिए। जनजाति समुदायले ब्रिटिश गोरखा रेजिमेन्टमा गरेको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले जिबी याक्थुम्बाले विसं २००७ मा प्रजातन्त्र स्थापनाका लागि गरेको योगदानको स्मरण गरे।

Laxmi sunrise bank
kumari

जनजाति समुदायबाट कांग्रेसमा प्रतिनिधित्व गर्ने सर्वोच्च नेता गणेशमान सिंहले प्रधानमन्त्रीको पद छोडेको, नेता भीमबहादुर तामाङले अप्ठ्यारो अवस्थामा ‘द्वन्द्व मेटिने, पहिचान भेटिने’ नाराका साथ योगदान गरेको उनको भनाइ थियो।
 

प्रकाशित: Jun 25, 2024| 18:54 मंगलबार, असार ११, २०८१
प्रतिक्रिया दिनुहोस्