आइतबार, मंसिर २८, २०८२

कोशीमा हिक्मत कार्की नेतृत्वको सरकार जोगियो

 |  मंगलबार, असार ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार ११, २०८१

काठमाडौँ- कोशी प्रदेश सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। 

National life

मंगलबार न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको पूर्ण इजलासले कोशी सरकार गठनविरुद्ध कार्कीले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको हो।

एमाले–माओवादी गठबन्धनबाट संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हिक्मतकुमार कार्कीविरुद्ध कार्कीले गत वैशाख २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए। कार्कीले रिटमा मुख्यमन्त्री कार्कीसहित प्रदेश प्रमुख परशुराम खापुङ, प्रदेश सभामुख अम्बरबहादुर विष्टलगायतलाई विपक्षी बनाएका थिए। उनले रिटमा हिक्मत कार्कीलाई पदमुक्त गरी मुख्यमन्त्रीमा आफूलाई निरन्तरता दिन माग गरेका थिए।

संविधानको धारा १६८ को उपधारा (५) अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीले सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत नलिएपछि प्रदेश प्रमुख खापुङले उनलाई पदमुक्त गरेका थिए।

त्यसपछि प्रदेश प्रमुख खापुङले धारा १६८ को उपधारा (५) अनुसार नै एमाले–माओवादी गठबन्धनका ५२ सांसदको समर्थनमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। त्यसविरुद्ध कार्की सर्वोच्चमा पुगेका हुन्। सर्वोच्चले कार्कीको रिट खारेज गर्ने फैसला गरेसँगै हिक्मत कार्की नेतृत्वको सरकार जोगिएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 25, 2024| 18:23 मंगलबार, असार ११, २०८१
प्रतिक्रिया दिनुहोस्