शनिबार, भदौ ६, २०८३

बंगलादेशलाई हराउँदै अफगानिस्तान विश्वकपको सेमिफाइनलमा

 |  मंगलबार, असार ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार ११, २०८१

आईसिसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ अन्तर्गतको अन्तिम खेलमा अफगानिस्तानले रोमाञ्चक जित हात पारेको छ।

बंगलादेशलाई ८ रनले हराएर अफगानिस्तानले ऐतिहासिक जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको हो।

वर्षाले प्रभावित खेलमा डीएसएल नियमअनुसार बंगलादेशले जितका लागि १९ ओभरमा १ सय १४ रनको लक्ष्य पाएको थियो र त्यसलाई पछ्याउने क्रममा १ सय ५ रन बनाएर १७.५ ओभरमा अलआउट भएको थियो।

अफगानिस्तानको यो जितसँगै अस्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ। यससँगै प्रतियोगिताको सेमिफाइनल पूरा भएको छ।

अब अर्को खेलमा डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डले भारत तथा दक्षिण अफ्रिकाको सामना गर्नेछ। दुवै सेमिफाइनल बिहीबार हुनेछन्। 

प्रकाशित: Jun 25, 2024| 10:57 मंगलबार, असार ११, २०८१
प्रतिक्रिया दिनुहोस्