आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • अनियमितासम्बन्धी घटनाको अनुसन्धान गर्न शक्तिशाली आयोग बनाइन्छ : गृहमन्त्री लामिछाने

अनियमितासम्बन्धी घटनाको अनुसन्धान गर्न शक्तिशाली आयोग बनाइन्छ : गृहमन्त्री लामिछाने

 |  सोमबार, असार १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार १०, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मुलुकमा भएका विभिन्न अनियमिततासम्बन्धी घटनाको अनुसन्धान गर्न शक्तिशाली आयोग बनाइने बताएका छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले बजेट पारित भएको दुई महिनाभित्र विगतमा भएका २५ वटा काण्डको फाइल तयार गर्न शक्तिशाली आयोग बनाइने बताए। 

गृहमन्त्री लामिछानेले आजैदेखि प्रहरीले पतञ्जली आयुर्वेद कम्पनीको जग्गासम्बन्धी प्रकरणको अनुसन्धान अघि बढाउन मन्त्रालयले निर्देशन दिइसकेको बताए। उनले सुन काण्ड, अवैध सुनको तस्करी तथा पैठारी, बाँसबारी जग्गा प्रकरण, बालमन्दिर, सहकारी ठगी, सरकारी छाप कीर्ते, जघन्य अपराध तथा भुक्तानी सेवा प्रदायक पे वेल र सजिलो पेमार्फत अपराधजन्य मुद्रालाई वैधानिक बनाइएकोलगायत प्रकरणमा अनुसन्धानलाई तीव्र पारिएको जानकारी दिए। 

प्रकाशित: Jun 24, 2024| 20:39 सोमबार, असार १०, २०८१
प्रतिक्रिया दिनुहोस्