मंगलबार, पुस ८, २०८२

'संसारको सबैभन्दा दह्रो मुटु भएको मान्छे रवि लामिछाने हो'

 |  सोमबार, असार १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार १०, २०८१

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दुनियाँमा सबैभन्दा दहो मुटु भएको मान्छे आफू भएको दाबी गरेका छन्। सोमबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।

National life

गृहमन्त्री लामिछानलाई राप्रपाका सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले झापाको गिरिवन्धु टि स्टेटको जग्गा सट्टापट्टाको विषय, क्यान्टोनमेन्टमा भएको भनिएको घोटालाको विषयमा गृहमन्त्री लामिछाने मौन रहेको भन्दै प्रश्न गरेका थिए। जवाफमा दिँदै गृहमन्त्री लामिछानेले भने, ‘गिरिवन्धुको नाम लिनुभएन, क्यान्टोनमेन्टको नाम लिनु भएन भन्नुभएको छ। फेरि मेरो मुटु चेक गर्नुभएको छ। तपाईंसँग मात्रै होइन, कसैसँग पनि म मेरो मुटु जँचाउन तयार छु। मलाई लाग्छ– यो दुनियाँको सबैभन्दा दह्रो मुटु भएको मान्छे रवि लामिछाने हो। यति भनेपछि थप केही भन्नु पर्दन होला।’ केही समय पर्खिन पनि उनको आग्रह छ।

‘अलिकति समयमो मात्रै प्रतिक्ष गरिदिनुहोला। अरु काण्ड पनि तपाईंले भन्दै जानुहोला। जवाफ दिँदै जाउँला। मैले अघि २५ वटा काण्ड बताएँ। कुनै पनि काण्डको छानबिन गर्नको लागि कुनै पनि आपत्ति छैन’ उनले भने। आफूलाई मन्त्रालयमा फटाफट फाइल खोलौंला भन्ने लागेको तर, फाइल नै तयार गर्नुपर्ने अवस्था रहेकाले केही ढिलो भएको बताए।

‘मलाई लागेको थियो-फाइलहरु तयार छन् फटाफट खोल्ने हो। तर, फाइल तयार गर्नुपर्ने रहेछ। फाइल तयार गर्न समय लाग्ने भएकाले हो। यो जवाफमा म दायाँबायाँ गर्ने छैन,’ उनले भने।

यसैबीच गृहमन्त्री लामिछानेले निर्मला पन्तको हत्याबारेको अनुसन्धान नतिजाउन्मुख रहेको बताएका छन्। सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो जानकारी गराएका हुन्। 

Laxmi sunrise bank
kumari

उनले संसदमा राष्ट्रिय सभा सदस्य गोमा तिमल्सिनाले सोधेको प्रश्नको जवाफ दिने क्रममा निर्मला पन्तको हत्याबारे अनुसन्धान नतिजाउन्मुख रहेको बताए। उनले आफूले दुई दिनमा हत्यारा पत्ता लगाउने कुरा नगरेको तर प्राथमिकतामा राखेर अनुसन्धान गर्ने उल्लेख गरेको बताउनु भयो। उहाँले अहिले पनि अनुसन्धान जारी रहेको बताए।

‘गोमा तिमल्सिनाले निर्मला पन्तको हत्यारा दुई दिनमा पत्ता लगाउँछु भन्नुभएको थियो, भन्नुभयो। म गएको अघिल्लो कार्यकालको पहिलो दिनको निर्णय हो त्यो। यसको पत्ता लगाउने हो। दिन गनेर दुई दिनमा पत्ता लगाउँछु भनेको कुरा सुन्दा कतै गलत ढंगले आए जस्तो छ’, उनले भने, ‘दिन गनेर आएको होइन, प्राथमिकतामा राखिएको हो। त्यो प्राथमिकतामा नै छ। अनुसन्धानको यो विषयलाई मैले आफ्नो प्राथमिकता अघिल्लो कार्यकालको विषयलाई भुलेको छैन। नतिजा उन्मुख छौं। यति जानकारी यहाँहरुलाई गराउन चाहन्छु।’उनले आफूले पहिलो कार्यकालमा गरेका घोषणाहरु नभुलेको पनि बताए।

प्रकाशित: Jun 24, 2024| 19:57 सोमबार, असार १०, २०८१
प्रतिक्रिया दिनुहोस्